बेलकोटगढी-डिलबहादुर लामा।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ नयाँ बस्तीको पुच्छार कात्तिके दोभानमा झुलुङ्गे पुल बन्ने भएको छ।उक्त झुलुङ्गे पुल कात्तिके दोभानबाट धादिङ कोल्पुखोला जोड्ने छ। १६० मिटर लामो बन्दै गरेको पुलबाट वर्षातको समयमा स्थानीयहरुलाई नयाँ वस्ती,कात्तिके दोभान,धादिङ लगायतका स्थानीय गाउँ ठाउँमा आवतजावत गर्नका लागि सहज हुने छन्।
सोहि पुल निर्माणका लागि नेकपा माओवादी केन्द्र को नगर पार्टी इन्जार्च नवीन पुडासैनी,पार्टी सचिव मानराज गुरुङ,महेन्द्र तामाङ र जिल्ला समन्वय समिती सदस्य तथा वरिष्ठ समाजसेवी जगत बहादुर गुरुङको बिशेष पहलमा रहेको विकास तामाङले दियाले न्युज-Diyale News लाई जानकारी दिनुभएको छ।बागमती प्रदेशको उप सभामुख राधिका तामाङको सकृयतामा बजेट विनियोजन हुँदै गरेको समेत तामाङले बताउनु भयो।उक्त पुल निर्माणका लागि प्राविधिक टिमसहित डिपिआर-DPR फाइनल भैसकेको समेत उहाँले बताउनु भएको छ।
Comments