Skip to main content

Posts

“खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो”-गायक राई

काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताउदै खुवालङ बचाउमा जुटेका छन् । “खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो” भन्दै खुवालुङ भ्रमण गर्न राईले आग्रह गरेका छन् । राईले खुवालुङ बाहिरबाट हेर्दा सामान्य ढुंगा लाग्न सक्छ तर यो सामान्य ढुंगामात्रै नभइ किरातीहरुको तिर्थस्थल , आस्थाको केन्द्र भएको बताएका छन् । राई खुवालुङमा व्यानरसहित पुगेर अभियान थालेका हुन । ८ फागुनमा प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने अभिव्यक्ति दिएका थिए । खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण किराँत समुदाय आक्रोशित भएको छ । यद्यपि प्रदेश दुईका मुख्यमन्त्री शेरधन राईले खुवालुङको भ्रमण गर्दै यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र खुवालुङलाई नफुटाउने बताएका छन् । कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ (नदिको बीचमा रहेको विशाल ढुङ्गा ) हो जसलाई किराँत संस्कृति र परम्परागत इतिहाससंग जोडिएको मानिदै आएको छ । किराँत समुदायका हरेक घर र चुल्होसँग जोडिएको खुवालुङला...

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Mitra Nagar Fight in a community Hamlet of fighter  Lost prestige Introduction of civilization . 2. Past time Tried to forget Struck in mind Hunted by memory Cried in a sorrow . 3. Hot ashes Burning from inside  Managing the fire If able to identify the time  Understood of all others. 4. Mahamandal  Fierce kal Bhairab Crowd of people  The fearful statue Worshipped by all. 5. In cold water  Wish to swim Hidden bravery Eating the sweeys of mind Staying waiting for the rotation. 6. When there is forest fire Steamed time  Enemies became fire I remained silent Relatives became flame 7. Twilight evening  Bat flying  Searched its own world Walking wandering  Chased by time. 8 Bitter truth  Bitter for evening  Proved to be real Should leave the arrogance  Great to understand reality . 9. Being flies everything buzzing Embracing anger After growing arrogance  End is sure . - Trans.by Saroj B...

सातौं नुवाकोट साहित्य पदयात्रा २०७७ आइतबार सम्पन्न

सातौं  नुवाकोट साहित्य पदयात्रा २०७७ आइतबार सम्पन्न भएको हो। नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको गेटबाट शुरु भएको पदयात्रा लिखु गाउँपालिका वडा नम्बर ३ नागिगढी गुप्तेश्वर पुगेर सम्पन्न भएको हो । पदयात्रामा विभिन्न स्रष्टाहरुले विभिन्न साहित्यीक प्रस्तुति पस्केका थिए । कार्यक्रममा लिखु गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाई लगायतको उपस्थिति रहेको थियो ।

लोक प्रिय गायक जगदीश समलको आवाजमा रहेको ‘तिमी फुल हौ’ बोलको गीत सार्वजनिक

  काठमाडौं । लोक प्रिय गायक जगदीश समलको आवाज बिनय गिरि र रुषा न्यौपानेको अभियनयमा ‘तिमी फुल हौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। गीतमा दीपक बस्नेतको शब्द बलराम समलको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जगदीश समलको स्वर रहेको छ । गीतलाई बिक्रम कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन्। प्रियजन राईको निर्देशन दीपश एस.के.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनय गिरि र रुषा न्यौपानेको अभियनय देख्न सकिन्छ। मोहन कुमार “झिल्लु”ले छायांकन भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । ‘तिमी फुल हौ’ म्यूजिक भिडियो दीपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना। भिडियो हेर्नुहोस :

(वाईसीएल) नुवाकोटको इन्चार्जमा प्रकाश लामा-सुरज चयन

  नुवाकोट । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नुवाकोटको इन्चार्जमा प्रकाश लामा र संयोजकमा दिनेश बोगटी चयन भएका छन् । वाईसीएल नेपालको चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले नुवाकोटसहित विभिन्न जिल्लामा इन्चार्ज र संयोजक चयन गरेको हो । यस्र्तै वाईसीएल रसुवाको इन्चार्जमा दिलिप तामाङ र संयोजकमा विकलाई चयन गरेको हो । त्यस्तै धादिङको इन्चार्जमा चन्द्रवहादुर शिलवाल र संयोजकमा राजाराम रिजाल चयन भएका छन् । सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने वाइसीएलका सचिव पुष्प ओलीले बताए । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १. खैरो आकाश अगेनामा घुसार्दा पोलेको हात ! २. रातो गुलाफ मनमा ढुकढुकी कलिलो गन्ध ! ३. गहिरो रात हतारिएको आँखा जिस्किने जून ! ४. काँचुली फेर्दा भित्रै घुसेछ सर्प झारेछ बिष ! ५. डोरी खसाल्दा पानी नै नभरिने सुख्खा इनार ! ६. असिना खस्दा पात झरेको रुख सेताम्य भुइँ !

तामाङ चिकित्सक समाजले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ४२० जनाभन्दा धेरैले लिए सेवा

  रसुवाको नौकुण्डमा सञ्चालन भएको निःशुल्क स्वास्थ  शिविरमा करिब ४ सय जनाले सेवा लिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन भएको शिविरमा ३ सय ९० जनाले सेवा लिएका हुन् । जसमा पुरुष १ सय ६५ र महिला २ सय २५ रहेका छन् । रसुवा अस्पतालका डाक्टर दिपेन लामाका अनुसार दुर्गम ठाउँमा बसेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । ‘शिविर सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित तथा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने हो’, उनले भने, ‘यस शिविरले डाक्टरद्वारा रोगको पहिचान गर्ने, विशेषज्ञ उपचार दिने, जाँच र उपचार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम भएको छ ।’ शनिबार सञ्चालन भएको शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परीक्षण हाडजोर्नी, आँखा जाँच, दन्त जाँच र महिलाको पाठेघर सम्बन्धी जाँच गरिएको थियो । गाउँपालिकाको विभिन्न ठाउँबाट आएका नागरिकले उक्त सेवा पाएका हुन् । तामाङ चिकित्सक समाज नेपाल, नौकुण्ड गाउँपालिका र बोधीसत्वा विहारको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।