पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बुधबार विहान समातेर डिभिजन बन कार्यालयलाई जिम्मा लगाएको घोरल हराएको छ ।
बिहानको समयमा पञ्चकन्या गाउँपालिका वडा नं. ५ त्रिवेणीधाम नजिकै खोलाको किनारमा अन्दाजी ३ देखि चार वर्षको भाले घोरल भेटिएको थियो । स्थानीयहरुका अनुसार खोलाले बगाउँदै ल्याएको उक्त घाइते घोरल डिभिजन बन कार्यालय नुवाकोटलाई बुधबारनै जिम्मा लगाइएको थियो । तर गएराती नै खोर फुटाएर घोरल भागेको डिभिजन बन कार्यालय नुवाकोटका रेन्जर लोकनाथ न्यौपानेले दाबी गर्नुभएको छ ।
बन कार्यालयकै जिम्मामा रहेको घाइते घोरल भागेको भनिएपछि पञ्चकन्या वडा नं. ५ का स्थानीयहरु बन कार्यालय नै घेराउ गर्ने तयारीमा थिए । तर, स्थानीयहरु घोरल खोज्दै डिभिजन बन कार्यालय आउने तयारी गरेपनि लकडाउनका कारण आउन सम्भावना नभएको स्थानिय इन्द्र थापा मगरले बताउनुभएको छ ।
बन कार्यालयका अनुसार राती फालमे खोरको डण्डी भाँचेर घोरल भागेको छ । बन कार्यालयको नजिकै रहेको बनदेबी जंगलमा घोरल गएको अनुमान गरिएको छ । तर घोरल समातेर बन कार्यालयको जिम्मा लगाउने स्थानीयहरुले भने बनकै कर्मचारीले मारेर खाएको आशंका गरेका छन् । स्थानीय गोकर्ण पाण्डेका अनुसार बन कार्यालको फलामे खोरमा थुनेर राखेको घाइते घोरल भाग्ने सम्भावना नरहेकाले कैफियत हुनसक्ने आशंका गरिएको छ ।

भद्रुटारका ईन्द्र थापा मगरले पनि फालमको खोर भत्काएर घोरल भागेको विषयमा अपत्यारिलो रहेको बताउनुभएको छ । प्रहरीलाई रोहवरमा राखेर बन कार्यालयको जिम्मा लगाइएको घाइते घोरल रातीको समयमा भागेको भनिनु पत्याउनै नसकिने उहाँले बताउनुभएकोख छ ।
पञ्चकन्या गाउँपालिका वडा नं. ५ का नागरिकहरुले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई घोरलको विषयमा सत्यतथ्य खोजी गर्न आग्रह गरेका छन् । तर बन कार्यालयले भागेको भनेपछि खोजी नगरु भन्ने धेरैको जवाफ आएको बताइएको छ । डिभिजन बन कार्यालय नुवाकोटका रेन्जर लोकनाथ न्यौपानेले भने घोरल मारेर बनका कर्मचारीले नखाएको र फलामे खोर फुटाएर जंगलमै भागेर दावी गर्नुभएको छ । उक्त घोरल ३० देखि ३५ किलो रहेको अनुमान गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट चर्दै हिड्ने क्रममा जंगल बाहिर आइपुगेको र बथानबाट छुटेको अनुमान गरिएको छ । बन कार्यालयले भने बिहिबार उक्त घोरल ललितपुरस्थित सदर चिडियाखानामा पठाउनका लागि तयारी गर्न लागेको थियो ।
Comments