सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
दिनहुुँ जीवनमा हाँसीखुसी बाँच्न सिकेँ
आपत विपतमा धैर्य गरी मन बाँधेँ
दोधारे जीवन भोग्दा उपहास सबैको ।
२,
अगाडि ठूलो खाल्टो फर्किहेर्दा अत्तालियो
गन्तव्य चुम्नुलाई इच्छा खस्यो अँध्यारोमा
सोचेथेँ कालो बादलमा मडारिँदै फसेको ।
३,
सुगन्ध वरिपरि भौँतारिँदै मृगजस्तै
लाचार भइदिँदा आफैलाई भार भयो
कसरी मन बुझाउँ गुमेपछि विश्वास ।
४,
दुनियाँ साक्षी राख्दै आफ्नो मान्छे बनाएथेँ
समय कमजोर भएपछि हेपिएछु
सम्झिए नजानिकनै तर्सिएको सपना ।
५,
सच्याऊ आफ्नो गल्ती समयमा जान्दैबुझ्दै
विश्वास सङ्कटमा पर्दै गर्दा झैझगडा
कसैले भन्नै सक्तैन तोडिएका सम्बन्ध ।
६,
आशामा सधैँ बसे इमान्दार सम्झीसम्झी
झूटमा बितिगयो सधैँभरि कालो मन
तड्पिए जीवनभर तिमीलाई सम्झेर ।
- श्रीराम श्रेष्ठ
१,
दिनहुुँ जीवनमा हाँसीखुसी बाँच्न सिकेँ
आपत विपतमा धैर्य गरी मन बाँधेँ
दोधारे जीवन भोग्दा उपहास सबैको ।
२,
अगाडि ठूलो खाल्टो फर्किहेर्दा अत्तालियो
गन्तव्य चुम्नुलाई इच्छा खस्यो अँध्यारोमा
सोचेथेँ कालो बादलमा मडारिँदै फसेको ।
३,
सुगन्ध वरिपरि भौँतारिँदै मृगजस्तै
लाचार भइदिँदा आफैलाई भार भयो
कसरी मन बुझाउँ गुमेपछि विश्वास ।
४,
दुनियाँ साक्षी राख्दै आफ्नो मान्छे बनाएथेँ
समय कमजोर भएपछि हेपिएछु
सम्झिए नजानिकनै तर्सिएको सपना ।
५,
सच्याऊ आफ्नो गल्ती समयमा जान्दैबुझ्दै
विश्वास सङ्कटमा पर्दै गर्दा झैझगडा
कसैले भन्नै सक्तैन तोडिएका सम्बन्ध ।
६,
आशामा सधैँ बसे इमान्दार सम्झीसम्झी
झूटमा बितिगयो सधैँभरि कालो मन
तड्पिए जीवनभर तिमीलाई सम्झेर ।
Comments