डिल बहादुर लामा-बेलकोटगढी।नेपाली काँग्रेसले नगरपालिकामा हुने हरेक कार्यक्रम नागरिकमुखी र बिकासको बास्तविक अनुभूति हुनेगरी बजेट निर्माण गर्न बेलकोटगढी नगरपालिकासंग माग गरेको छ ।
नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नम्वर २ , प्रदेशसभा ‘क’ प्रदेश समिति र बेलकोटगढी नगर ईकाईले सोमबार नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाउँदै बिकासको नाममा प्राकृतिक स्रोतहरुको दोहन गर्ने प्रबृत्तीको अन्त्य गरिनुपर्ने माग गरेको छ । बालबिकास सहयोगी र बिद्यालय कर्मचारीहरुलाई श्रम ऐन अनुसार पारिश्रमिक उपलब्ध गराईनुपर्ने, क्वारेन्टाईनमा बसेकाहरु सबैको पिसिआर परीक्षण गर्नुपर्ने माग समेत गरेको छ ।
Comments