डोडोइट्सु कविता
- श्रीराम श्रेष्ठ
१,
मान्छेको जिन्दगीमा
सत्यताको बन्धन
फराकिलो सोचाई
मीठो सपना ।
२,
विचरा चेलीबेटी
सपना देख्न खोज्दा
लखट्यो समस्याले
सधैं त्रसिद ।
३,
आधा रातको बेला
नाता तोडेर गयौ
सपना बिथोलिंदा
बसे टोलाई ।
४,
अमिलो पिरो पाउँ
चुस्नुसम्म चुसेको
टरेन भोक पनि
लाटियो जिब्रो ।
५,
चोरबाटो छिचोल्दै
मौका छोप्न खोजेको
घोंचिदियो काँडाले
चिम्लदै आँखा ।
६,
जीवनको दौडमा
आँखा चिम्ली कुदेको
काँडा बाधक बन्दा
रोकियो यात्रा ।
७,
स्वर्गतुल्य जीवन
शत्रु बन्छ अँध्यारो
खुसी बटुल्ने मोह
स्वार्थ अगाडि ।
८,
लाचारी गतिविधि
ठूलो हिस्सा खोज्दामा
परेको भोक भोकै
निलेछ थुक ।
९,
गहिरो मायाप्रेम
मिलाएर जोडिंदा
देखेको हरियाली
खुसी अँगाल्दै ।
१०,
आफैंलाई जलाई
उज्यालो छर्न खोज्दा
भइदियो खरानी
कथा बिचित्र ।
११,
साचिएको सपना
सिसा सरी फुटेर
बनेको एकलव्य
बाँच्न सकस ।
१२,
दुई दिने पाहुना
मेजमानीमा रम्दा
भुलेको इज्जतले
गुमेछ सान ।
- श्रीराम श्रेष्ठ
१,
मान्छेको जिन्दगीमा
सत्यताको बन्धन
फराकिलो सोचाई
मीठो सपना ।
२,
विचरा चेलीबेटी
सपना देख्न खोज्दा
लखट्यो समस्याले
सधैं त्रसिद ।
३,
आधा रातको बेला
नाता तोडेर गयौ
सपना बिथोलिंदा
बसे टोलाई ।
४,
अमिलो पिरो पाउँ
चुस्नुसम्म चुसेको
टरेन भोक पनि
लाटियो जिब्रो ।
५,
चोरबाटो छिचोल्दै
मौका छोप्न खोजेको
घोंचिदियो काँडाले
चिम्लदै आँखा ।
६,
जीवनको दौडमा
आँखा चिम्ली कुदेको
काँडा बाधक बन्दा
रोकियो यात्रा ।
७,
स्वर्गतुल्य जीवन
शत्रु बन्छ अँध्यारो
खुसी बटुल्ने मोह
स्वार्थ अगाडि ।
८,
लाचारी गतिविधि
ठूलो हिस्सा खोज्दामा
परेको भोक भोकै
निलेछ थुक ।
९,
गहिरो मायाप्रेम
मिलाएर जोडिंदा
देखेको हरियाली
खुसी अँगाल्दै ।
१०,
आफैंलाई जलाई
उज्यालो छर्न खोज्दा
भइदियो खरानी
कथा बिचित्र ।
११,
साचिएको सपना
सिसा सरी फुटेर
बनेको एकलव्य
बाँच्न सकस ।
१२,
दुई दिने पाहुना
मेजमानीमा रम्दा
भुलेको इज्जतले
गुमेछ सान ।
Comments