नुवाकोट । दक्षिण कोरियामा रहँदै आएका नुवाकोटेहरुको संस्था नुवाकोट समाज दक्षिण कोरियाले जिल्लाको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुुुर्याउन जिल्लाका स्वास्थ्य संस्थाहरुलाई उल्लेख्य स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
शुक्रवार युवा तथा समाजसेवी बाबुराम तामाङको पहलमा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष राज दोङ तामाङद्वारा प्राप्त उक्त स्वास्थ्य सामग्रीहरु बिभिन्न पालिका र स्वास्थ्य संस्थाहरुलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजले जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको तामाङले बताए ।
जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए।
त्यसक्रममा समन्वय समिति प्रमुख तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बेलकोटगढी नगरपालिकाकी उप-प्रमुख कबिता ढुँगानाले दक्षिण कोरियामा रहेका नुवाकोटेहरुले जिल्लाप्रति देखाएको सद्भावको प्रशंसा गर्दे प्राप्त सहयोगले जिल्लाको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा महत्वपूर्ण भूमिका खेल्ने धारणा ब्यक्त गरेका थिए ।
Comments