नुवाकोट।कोरोना भाइरस कोभिड-१९ को महामारी समयमा समाजसेवी र केही युवाहरूले राहत वितरण गर्ने क्रम जारी रहेका छन्।स्थानीय सरकारले निकायहरुले एकद्वार प्रणाली लागू गरेपछी समस्याग्रस्त नागरिकसामु खुशिको बहर बनेर दुई समाजसेवी युवा जुझारु रूपमा देखा परेका छन्।उहाँहरुको कार्यले “खाने मुखलाई जुँघाले छेक्दैन” भन्ने उखानको सकारात्मक प्रहर गर्न सफल भएको देखिन्छ।ती समाजसेवी युवाहरु हुन् बेलकोटगढी नगरपालिका वडा नम्बर ६ गैराघरको इन्द्र लामा र सोही नगरको वडा नम्बर ४ दियालेका शेरब लामा।समाजसेवी दुई लामाहरुद्वारा बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८,६ र ४ का विभिन्न स्थानहरुका साथै दाहालथोक,रुसेपानी,दियाले,डडुवा र डाडाखर्कमा गरि ५०० थान मास्क वितरण गरिएका छन्।
उक्त मास्क सभापती गोकुल प्रसाद दाहालको उपस्तिथिमा समाजसेवी इन्द्र लामा,शेरब लामा र श्री शुभ आरम्भ अनलाइन क्लबद्वारा वितरण गरिएका हुन्।मास्क वितरण अभियान निरन्तर गाउँ गाउँमा पुगेर गरिरहेको छन्। समाजसेवी लामा भन्नू भयो” बाटोबाटोमै र घर घरमै पुगेर जसलाई जहाँ भेट्छु त्यहीँ मास्क दिने गर्छु मास्क पाउँदा उहाहरु खुशि भएको मुहार हेर्न पाउँदा अत्यन्तै खुशी लाग्छ।यहि नै सेवा नै धर्म भनेको तात्पर्य जस्तो लाग्छ।थप कुराकानी गर्दै लामाले भन्नू भयो सामाजिक कार्य गर्दा छुट्टै मजा लाग्छ ।”अर्का समाजसेवी धर्मगुरु शेरब लामाले भन्नु भयो”यो विसम् परिस्थितिमा मास्क वितरण गरेर स्थानीयहरुमा सेवा गर्न पाउँदा खुशी लागेको छ।”जो जहाँ छन् सुरक्षित रहनुपर्छ ।आफू बचौ र अरुलाई पनि बचाऔ।
Comments