बेलकोटगढी।बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष ०७७/०७८ को छैटौं नगर सभा हिजो बुधबार सम्पन्न भएको छ ।उक्त नगरले राखेका योजनाहरुमा
(स्वास्थ,कृषि,शिक्षा मुख्य प्राथमिकतामा रहेका छन्)
- स्वास्थ चौकी नभएका वडाहरुमा स्वास्थ्य सस्था स्थापना गर्ने
- बिपद तथा कोरोना कोषमा बजेट ब्यबस्थापन गर्ने
- बर्थिङ सेन्टरलाई थप प्रभावकारि बनाउने
- गर्भवती र सुत्केरी महिलाको लागि विशेष कार्यक्रम
- बिद्यालयमा इन्टरनेट सहित को कम्प्युटर ब्यबस्थापन गर्ने
- शून्य दरबन्दी भएका स्कुलमा शिक्षकको ब्यबस्थापन गर्ने
- कृषिमा यान्त्रिकरण र बिशेश अनुदानको ब्यबस्थापन गर्ने
- बिदेसबाट फर्केर आएकाहरुबाट उनिहरुले सिकेको सिपको सङ्कल्न गरि उक्त सिपलाई प्रयोग गर्न विशेष कार्यक्रम
- पशु बिमा कार्यक्रमलाई निरन्तरता दिने
- जोखिममा रहेका हिम्सा पिडित एकल महिला सहयोग कोष स्थापना गर्ने योजना रहेका छन।
Comments