मोटरसाईकलद्धारा विरोध र्यालि प्रर्दशन भएको छ।
कथित जातीय छुवाछुत र जात विरुद्ध भएको उक्त प्रदर्शनमा उल्लेखनीय उपस्थिति रहेका थिए।जात नमिल्नेसङ्ग प्रेम गरेको भन्दै माथिल्लो जातका भनौदाहरु र सिङ्गो गाउँले नै
मिलेर कुट्दा रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको सामुहिक कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत दलित युवाहरुको मृत्यु भएका थिए।त्यस सामुहिक हत्याका विरुद्ध कडा कार्वाही लागि दवाव दिन जेष्ठ २२ गतेका दिन डोटीको सिलगढीमा जोडदार हर्न बजाउदै मोटरसाईकल द्धारा विरोध र्यालि प्रर्दशन गरिएको छ। यो देशमा गरिब,सर्वसाधारणहरुका लागि सरकार छ की छैन, सामुहिकरुपमा छुवाछुतको आडमा दलित युवाहरुको सामुहीक हत्या गर्ने अपराधि माथि कडा कार्वाहीको होस, भन्दै देश व्यापिरुपमा आन्दोलन जारी रहने समेत पिडित परिवारहरुद्वारा जनाएका छन्।
कथित जातीय छुवाछुत र जात विरुद्ध भएको उक्त प्रदर्शनमा उल्लेखनीय उपस्थिति रहेका थिए।जात नमिल्नेसङ्ग प्रेम गरेको भन्दै माथिल्लो जातका भनौदाहरु र सिङ्गो गाउँले नै
Comments