नुवाकोट।शनिबार नेपाल सरकारबाट नेपालको नयाँ नक्सा सम्बन्धि संविधान संशोधन विधेक पारित भएको खुशियालीमा देशका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएका थिए।त्यस्तैगरि लिखु गाउँपालिका-१,बराफेदी,नुवाकोटका बराफेदी युवा क्लबका युवाहरूद्वारा समेत दिपप्रज्वलन आयोजना गरिएका थिए।देशको नक्साले नयाँ स्वरुप फेरिएको भन्दै खुशियालीमा युवाहरुले नेपाल सरकारदप्रती सकारात्मक टिप्पणी गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको हो।नेपाल सरकारले निशान छाप लगायतका सिमानाका विषयमा गरिएका कार्यहरुका बारेमा छलफलका साथमा दिप प्रज्वलन गरिएको क्लबका सदस्य राजेश थापा मगरले जानकारी दिनु भएको छ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष शैलेन्द्र प्रकाश आचार्य ,सोही वडाका वडा अध्यक्ष नरहरी पाण्डे लगायतका स्थानीय युवाहरुका बाक्लो उपस्थिती रहेको समेत उहाँले बताउनु भयो।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष शैलेन्द्र प्रकाश आचार्य ,सोही वडाका वडा अध्यक्ष नरहरी पाण्डे लगायतका स्थानीय युवाहरुका बाक्लो उपस्थिती रहेको समेत उहाँले बताउनु भयो।
Comments