सिजो कविता -श्रीराम श्रेष्ठ
१,
निष्ठुरी मायाजाल डोर्याउँदै घिच्चाएछ
आँखामा पर्दापर्दै लोप्पा खाँदै पछारिएँ
घृणामा बित्यो जीवन बाँच्नलाई लजायो ।
२,
रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर
सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी
सङ्कट आइपरेमा जुध्नुपर्छ सानले ।
३,
मिलेको अनुहार तिमी जस्तै परी उस्तै
बुझाउँ कसोगरी भन्नलाई आँट छैन
कुण्ठामा बाँधेर बस्दा बाँचिएको तेस्रोमा ।
४,
जलेको मुटुलाई सम्झाउन अति गाह्रो
ढलेको मुढासरि छरिएको आफ्नो मन
कसरी घिसार्न खोज्छ पागलले सालिकै ।
५,
सहिद भइदियौ निरङ्कुश ढलाउँदा
सम्मान हुनुपर्थ्यो बलिदानी भए पनि
अँध्यारो ताण्डव नृत्य देखाउने चटकी ।
६,
रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर
सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी
सङ्कट आइपरेमा जुध्नुपर्छ सानले ।
१,
निष्ठुरी मायाजाल डोर्याउँदै घिच्चाएछ
आँखामा पर्दापर्दै लोप्पा खाँदै पछारिएँ
घृणामा बित्यो जीवन बाँच्नलाई लजायो ।
२,
रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर
सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी
सङ्कट आइपरेमा जुध्नुपर्छ सानले ।
३,
मिलेको अनुहार तिमी जस्तै परी उस्तै
बुझाउँ कसोगरी भन्नलाई आँट छैन
कुण्ठामा बाँधेर बस्दा बाँचिएको तेस्रोमा ।
४,
जलेको मुटुलाई सम्झाउन अति गाह्रो
ढलेको मुढासरि छरिएको आफ्नो मन
कसरी घिसार्न खोज्छ पागलले सालिकै ।
५,
सहिद भइदियौ निरङ्कुश ढलाउँदा
सम्मान हुनुपर्थ्यो बलिदानी भए पनि
अँध्यारो ताण्डव नृत्य देखाउने चटकी ।
६,
रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर
सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी
सङ्कट आइपरेमा जुध्नुपर्छ सानले ।
Comments