बेलकोटगढी।बिश्वब्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ अहिले विश्व नै आतंकित रहेका छन्।हजारौंको मृत्यु भएका छन् भने लाखौको क्वारेन्टाइनको बास भएका छन्।यो अवस्थामा सामाजिक सहयोगी संघ सस्थाहरुले स्थानीय सरकाले गरेको एकद्वार प्रणालीलाई आत्मसात गर्दै पनि राहत वितरण कार्य गरिरहेका छन्।रोगले भन्दा नि भोकले देश बिदेशमा दिनप्रतिदिन कयौंको मृत्यु हुन थालेपछी राहत वितरण कार्यहरु तिब्र रूपमा स्वाचालित रूपमा अगाडि बढिरहेका छन्।त्यस्तै आज श्री शुभ आरम्भ अनलाइन क्लबले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गर्ने क्रममा बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५ बेथपानी स्थायी बसोबास रहेका प्रशान्त रोक्का परिवारलाई राहत वितरण गरिएको छ।क्लबको सह सचिव कुमार सुवेदीको आर्थिक सहयोगमा अध्यक्ष डिल बहादुर लामा र सल्लाहकार असोक तामाङको उपस्थितिमा आज राहत स्वरुप रासन वितरण गरिएको हो।
रासनहरुमा दाल,चामल,नुन,तेल,मसला,खुर्पानी लगायत सामाग्रीहरु वितरण गरिएको हो।रोक्का परिवाले यस्तो विसम् परिस्थितिमा पनि सहयोग उपलब्ध गराई दिएकोमा क्लबप्रती र राहतका लागि आर्थिक उपलब्ध गराइदिनु हुने यिवा तथा समाजसेवी कुमार सुवेदीप्रती हार्दिक कृतज्ञता प्रकट गरेका थिए।पिडित अपांग रोक्काले सामाजिक कार्यक्रमहरु निष्पक्ष रूपमा सधै अगाडि बढ्न सकुन् भन्दै क्लबलाई समेत शुभकामना ब्याक्त गरेका थिए।

Comments