बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिकामा आज खेलकुद मैदान निर्माणका लागि भेला भएको छ।उक्त भेलामा नगरपालिका स्तरीय खेलकुद मैदान निर्माण स्थल(केउरिनी टापु) को बिषयमा निर्माण समिती गठन प्रकृयाको भेला भएको हो।वडा अध्यक्ष अनन्तराम नेपालले सोही वडाको महिला सदस्यलाई जनकारी नदिइ भेला गरेको भन्दै महिला सदस्यहरुले बिरोध गरेका छन्।आफ्नो हक अधिकारका लागि जुनसुकै ठाउँमा जानुपर्ने भए पनि जान तयार समेत दाबी गरे।भेलामा उपस्थित रहेका महिला सबिना लामाको उपस्थिति जनाउन नदिई फाइल तयार पारेकोमा आफू असन्तुष्ट रहेको समेत लामाले बताए।
महिलाको प्रतिनिधि गर्ने किसिमले आफू एक्लो भेलामा रहे ता पनि हस्ताक्षर गर्न नदिई भेलमा समाप्त गरिएको भन्दै वडा अध्यक्ष नेपालप्रती आक्रोशित भएका छन् ।उक्त कार्यमा कुनै महिला उपस्थित नरहेको समेत उनले बताए।महिलामाथी अझै २१ औं शताब्दीको समयमा पनि बिभेद गरिएको भन्दै अनुपस्थितिको पक्षमा नाम उक्त समितिमा आएमा प्रतिलिपी सहित नगरपालिकाको कार्यालय बाघखोरमा उपस्थित हुने समेत बताउनु भएको छ।सबिना लामाले महिला अधिकार कुन्थित गर्ने वडा अध्यक्षको एकलौटी निर्णय मान्य हुने छैन भन्दै सामाजिक सञ्जाल फेसबूकको स्ट्याटस् मार्फत आफ्नो गुनासो राखिएको छ।

Comments