जापानी शैलीका कटौताहरु
पुष्कर लोहनी /श्रीराम श्रेष्ठ / रामकृष्ण अमर
पुष्कर लोहनी
१,
गर्मी टाँस्सिदा
पानीभित्रै छिरेथ्याै
औला चिस्सिँदै जाँदा ।
२,
चर्केको घाम
लोभ्याउँदो पिँडालु
कोक्याउने सपना ।
३,
फुर्किने काग
रुप बदल्दै छिर्ने
ठुङ्ला है छोपिहाल ।
४,
अँध्यारो कोठा
बढार्दा छिर्ला भित्रै
कुचोसँगै लक्ष्मी नै ।
५,
तातो फलाम
जमेको चिसो हिउँ
भेट मै पग्लिहाल्ने ।
६,
घचाडी दिँदा
आँखाभित्रै डुबेछ
जोगाएको माया त ।
- श्रीराम श्रेष्ठ
१,
लामो थकाइ
सुस्केरा हाल्न खोज्दा
खुम्चेको तातो मन ।
२,
जाडोले पेल्दा
चिसिएको शरीर
न्यानो खोज्न दौडेको ।
३,
वास्ता छाडेको
खोतलेर जिस्किने
जागेको फुच्छे फूर्ति ।
४,
मौका छोपेर
तलसम्म गाडेको
सडेको कालो माटो ।
५,
लामो घुमाइ
चौतारीमा ठोकिँदा
झर्यो कालो मयल ।
६!
झ्याल उघार्दा
छिरिहाल्यो उज्यालो
रमिते आँखा हाँस्दा ।
- रामकृष्ण अमर
१,
मायाको खोजी
छाम्दा औँसीको रात
थुप्रिएको पहाड ।
२,
अनैाठो लाग्छ
आकाश बस्तीहरु
इन्द्रणीको रङ्गमा ।
३,
बाँसुरी बज्दा
गुञ्जिएको ध्वनिमा
साँटेको माया प्रीति ।
४,
जूनको ज्योति
पोखिएर चम्किँदा
उर्लिएको वसन्त ।
५,
आगोको झिल्का
पानीभित्र लुकेको
डुबुल्की मार्ने इच्छा ।
६,
प्रकृति तिमी
मुछार्दै हरियाली
स्नेहको खानी बन्दै ।
- जूनको छायाबाट
पुष्कर लोहनी /श्रीराम श्रेष्ठ / रामकृष्ण अमर
पुष्कर लोहनी
१,
गर्मी टाँस्सिदा
पानीभित्रै छिरेथ्याै
औला चिस्सिँदै जाँदा ।
२,
चर्केको घाम
लोभ्याउँदो पिँडालु
कोक्याउने सपना ।
३,
फुर्किने काग
रुप बदल्दै छिर्ने
ठुङ्ला है छोपिहाल ।
४,
अँध्यारो कोठा
बढार्दा छिर्ला भित्रै
कुचोसँगै लक्ष्मी नै ।
५,
तातो फलाम
जमेको चिसो हिउँ
भेट मै पग्लिहाल्ने ।
६,
घचाडी दिँदा
आँखाभित्रै डुबेछ
जोगाएको माया त ।
- श्रीराम श्रेष्ठ
१,
लामो थकाइ
सुस्केरा हाल्न खोज्दा
खुम्चेको तातो मन ।
२,
जाडोले पेल्दा
चिसिएको शरीर
न्यानो खोज्न दौडेको ।
३,
वास्ता छाडेको
खोतलेर जिस्किने
जागेको फुच्छे फूर्ति ।
४,
मौका छोपेर
तलसम्म गाडेको
सडेको कालो माटो ।
५,
लामो घुमाइ
चौतारीमा ठोकिँदा
झर्यो कालो मयल ।
६!
झ्याल उघार्दा
छिरिहाल्यो उज्यालो
रमिते आँखा हाँस्दा ।
- रामकृष्ण अमर
१,
मायाको खोजी
छाम्दा औँसीको रात
थुप्रिएको पहाड ।
२,
अनैाठो लाग्छ
आकाश बस्तीहरु
इन्द्रणीको रङ्गमा ।
३,
बाँसुरी बज्दा
गुञ्जिएको ध्वनिमा
साँटेको माया प्रीति ।
४,
जूनको ज्योति
पोखिएर चम्किँदा
उर्लिएको वसन्त ।
५,
आगोको झिल्का
पानीभित्र लुकेको
डुबुल्की मार्ने इच्छा ।
६,
प्रकृति तिमी
मुछार्दै हरियाली
स्नेहको खानी बन्दै ।
- जूनको छायाबाट
Comments