नुवाकोट।बेलकोटगढी नगरपालिका ०६ नम्बर वडामा रहेका नागरिक सचेतना केन्द्रले शारीरिक तथा मानसिक रूपमा अशक्तहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ। उक्त प्रतिपरिवारलाई सामाजिक परिचालन कार्यक्रम अन्तर्गतको सामाजिक परिचालक सुनिमा थिङ तामाङ र उक्त सामाजिक परिचालन कार्यक्रमबाट संचालित नागरिक सचेतना केन्द्र,श्री शुभ आरम्भ अनलाइन क्लब (नुवाकोट ,नेपाल) र कार्यक्रम फेज आउट पछि परिमार्जित भै जिबिको उपार्जन सचेत महिला समूहद्वारा राहत बितरण गरिएको छ। साबिकको दुइपिपल गाबिस हाल बेलकोटगढी नगरपालिकाको साविकको दुईपिपल गाउँ विकास समितीमा बसोबास रहेका शारीरिक एवम् मानसिक असक्त भएकाहरुलाइ राहत बितरण गरिएको हो। उक्त स्थानीयहरुलाई चामल,नुन,तेल र साबुन राहत स्वरुप वितरण गरिएको सामाजिक परिचालक सुनिमा थिङ तामाङले जानकारी दिनु भएको छ।गता शनिबार र आइतबार गरि उक्त परिवारहरुलाई राहत वितरण गरेको तामाङले जनाएको छ।‘लकडाउन’का कारण समस्यामा परेका उनिहरुलाई दैैनिक गुजारा चलाउँदै आएका निम्न स्थरका परिवारलाई राहत दिन थालेको सुनिमा तामाङले बताए।
नगरपालिकाले कोरोना रोकथाम राहत वितरण । राहत वितरणमा वडा ०६ मा सामाजिक संघ सस्थाहरुले र स्थानीय बुद्धिजीवीहरुको आर्थिक सहयोगमा राहत वितरण कार्य तिब्र रूपमा अगाडि बढेको पनि तामाङले जानकारी दिए। । उनले लकडाउन अझै लम्बिँदै गएमा राहत वितरण कार्यलाई निरन्तर राख्दै जाने बताए। ‘लकडाउनको स्थिति हेछौँ,’उनले भने,‘कस्तो हुन्छ। नाजुक बन्दै गयो भने अझै बाड्छौँ। लकडाउन अवधिभर बाड्छौँ।’
Comments