जापानीज शैलीका कटौता
- श्रीराम श्रेष्ठ
१,
रिस बोकेर
जलेको मन फ्याँक्दै
लामो सुस्केरा हाल्दा ।
२,
आँटिलो आस्था
सोचाइ फराकिलो
तन्किएको विवेक ।
३,
लाचार आँखा
बाटो नै हराएको
आफैलाई धकेल्दै ।
४,
अनौठो लाग्ने
खुम्चिँदै सानो हुने
आफैभित्र खोज्नु पर्ने ।
५,
चिसो बतास
पानीको थोपा झार्दै
लघारेर तर्सेको ।
६,
सिपालु बन्दै
मन भाँच्न खोजेको
तर्साउँदा उत्तानो ।
७,
हरियो मन
भूइँमा लडिबुढी
बगैँचाभरि फूल ।
८,
प्यास लागेको
सामुन्नेमा हिमाल
थुक निल्दै चिम्लेको ।
९,
भुसुक्क सुत्दा
तर्साउने सपना
आँत्तिएर झस्किँदा ।
१०,
अँध्यारो बाटो
आँत्तिदा झस्किएछ
च्यात्तेको कालो मन ।
११,
साँगुरो सोच
एकलकाँटे माया
आफैँभित्र खुम्चिँदै ।
१२,
पुर्खाको देन
गोरेटो बाटो बन्दै
फाँडिएको जङ्गल ।
- बट्टार,नुवाकोट
Comments