नुवाकोट । युगान्तर साहित्यिक पत्रिका सम्पादक तथा नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अाजीवन सदस्य एवम् प्रवक्ता करण तामाङ घ्लान सायरले "स्वास्नीमान्छे" फुट्कार कविता बुधबार सार्वजनिक गर्नुभएको छ । सायरले नेपाली साहित्यकाे फुट्कार कविता , फिजारल्ड शैलीका मुक्तक , गजल , नेपाली नाटक , जापानी कविताहरुमा हाइकु, ताङ्का , कटाैता , डाेडाेइट्सु लगायतका विधाहरुमा कलम चलाउदै अाउनु भएको छ । सायरले "स्वास्नीमान्छे" कविता यसरी लेख्नुभएको छ :-
स्वास्नीमान्छे
टुहुरा शब्दहरु
भावविह्वल वाक्यांश
एक्लो अक्षर
पखेटा नभा पञ्छी
शुन्य गणित पनि
एकाएक मिलाई दिन्छन्
एकाएक जाेडिदिन्छन्
स्वास्नीमान्छे ।
बसिदिन्छ मुटुभित्र
सजाउछ नभएको सपना
राज गर्दै कुना कुनामा
बाध्य बनाउछ पग्लिन
पवन जस्तै वहन
पानी जस्तै बग्न
कुम्ल्याएर लग्छ
भएभरकाे मायालाई पनि
स्वास्नीमान्छे ।
अवसरवादी रहेछ
सक्दाे लुट्छन् प्रेम
घरीघरी रित्त्याएर जान्छ
बाँकी राखेनन्
एक थाेपा रगत
एक मुठी स्वास
रेट्न सक्ने रहेछ
अाफैले दिएकाे वाचा कसम
कस्तो क्रुर पनि हुँदाे देखियो
स्वास्नीमान्छे ।
Comments