नुवाकोट । नुवाकोटका तीन साहित्यकारहरुले जापानी साहित्यकाे लाेकप्रिय विधा बुसाेकुसेकिंका नेपाल भित्र्याउनु भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका सल्लाहकार श्रीराम श्रेष्ठ , अध्यक्ष रामकृष्ण अमर र प्रवक्ता करण तामाङ घ्लान सायरले एकसाथ जापानी साहित्यकाे खाेज अनुसन्धान गर्दै बुसाेकुसेकिंका नेपाली भाषामा लेख्दै नेपाली साहित्यमा नयाँ विधा थप्न सफल रहनु भएका छन् । बुसाेकुसेकिंका ५,७,५,७,७,७ काे सुत्रमा लेखिन्छ । यसरी लेख्नुहुन्छ उहाँहरु बुसाेकुसेकिंकाहरु
श्रीराम श्रेष्ठ
सपना उड्याे //५//
साेझाे बन्दै जाँदामा //७//
पाटीकाे बास //५//
धिकार्दै भाग्यलाई //७//
धाेका दिँदै समय //७//
दाेबाटाे कुराएर । //७//
रामकृष्ण अमर
देशकाे माया //५//
शक्तिशाली बनेर //७//
जान्दैन थाक्न //५//
शान्ति विगुल फुक्दा //७//
शिरमा राष्ट्रियता //७//
उम्लिजान्छ रगत । //७//
करण तामाङ घ्लान सायर
एक्लो अक्षर //५//
दूर बिरानो भाव //७//
टुहुरा वाक्य //५//
तट्पिदै अनुच्छेद //७//
सिकिस्त संयाेजन //७//
मुर्दा पुर्णविराम । //७//
जापानी साहित्यमा भएको दस वटा विधामा दसवाटै विधाहरुलाई नेपाल भित्र्याउन अध्ययन र खाेज तीनजनानै साहित्यकार एकसाथ तिव्र रुपमा लागिरहेको कुरा नुवाकोट साहित्य प्रतिष्ठान नेपालले जानकारी दिएकाे छ ।
Comments