श्रीराम श्रेष्ठका बाह्र हाइकु
मसानघाट
भूतहरुको वास
डरको पोको !
२,
बैंसको जोश
सम्बन्ध जोडिँदिदा
मायाको खानी !
३,
टुँडाल हेर्दा
लाज नै उदाङ्गो भो
सम्झेर आफ्नै ।
४,
साक्षी बसेर
दस्तावेज लेखियो
चेपुमा आफै !
५,
नेताको बोली
खहरे खोला जस्तो
मनमा शङ्का !
६,
सपनाभित्र
मायाप्रिति लगाएँ
भएछु नाङ्गो !
७,
आकाशे पुल
उक्लँदै माथि जाँदा
बाटै मोडियो !
८,
मायाको चिनो
छातीमा टाँसी राखेँ
पोल्यो बेसरी !
९,
समात्ने हाँगो
कमजोर परेछ
दु:ख झुन्डियो !
१०,
चिसो बिहानी
हावा पनि नरम
आँखा मस्किँदा !
११,
आँखा जुधेछ
हेर्दाहेर्दै अघाएँ
सर्प डसाइ !
१२,
पानीले भिज्दा
कामुकता तर्सेको
एकान्त खोजेँ !
Comments