बुसोकुसेकिका
- श्रीराम श्रेष्ठ
१,गाजलु आँखा
हेराई नै नशालु
उर्लियो बैँस
नजिक पुग्न खोज्दा
जिब्रो टोक्दै भागेको
लाज बन्यो उदाङ्गो ।
२,
गहिरो प्रेम
दुई मुटु जोडेर
लेखौँ कहानी
विश्वासमा अडेर
बनेको फराकिलो
बाँच्नुपर्छ मिलेर ।
३,
भिखारी मान्छे
दुई हात पसार्दा
जागेछ दया
मन पग्लेएपछि
सहयोग दु:खमा
आइलाग्यो आफैंमा ।
४,
पग्लेको मैन
उज्यालो छर्दाछर्दै
रित्तियो आफै
जीवन बुझ्न खोज्दा
आफैंमा अत्तालिदा
सपना नै उडेछ ।
५,
आफ्नो सम्झेर
विश्वास सुम्पिदा
धोका मिलेको
उज्यालो पनि कालो
थचारिएको पीडा
अत्तालिएको आँखा ।
६,
बेलुन फुक्दा
सन्क्यो बिद्रोही हावा
फुटेको दृश्य
हानेछ थप्पड नै
विचार गुमाउँदा
दु:ख सधैं निम्तन्छ ।
Comments