बुसोकुसेकिका
- श्रीराम श्रेष्ठ
१,
खेलेको माया
होसियार बनेर
गमेको मन
सपना देख्न खोज्दा
समय पल्टिएको
चिप्लेको कालो छाया।
२,
दु:खी मनमा
सुखी बन्ने प्रयास
देख्दै सपना
मतलवी दुनियाँ
धेरैमा रमाउँछ
दयाभाव मरेको ।
३,
सपना साँचे
आफ्नो मान्छे सम्झेर
नजिक बन्दै
सबै थोक सुम्पदा
विश्वास गुमाएर
धोकालाई अँगाले ।
४,
मन रित्तिदा
फाटेको मायालाई
जोड्न सकिन
बिरत्तिएको क्षण
मुटु भित्रै घुसेछ
आफैंले सम्झिएको ।
५,
लकडाउन
कमाई गर्ने हात
मुठ्ठी कसेछ
भाग्यले जिस्काउँदा
सपना अलपत्र
मरितुल्य जीवन ।
६,
चोखो मायामा
अँध्यारो पस्दै जाँदा
विश्वास घात
कोमल हृदयमा
तीखो बाण हानिदा
छिया परेछ मुटु ।
Comments