बुसोकुसेकिका
- श्रीराम श्रेष्ठ
१,
सिमल भुवा
आकासिँदै उडेको
फिज्यो च्यातिदै
चारैतिर उडेको
हेर्दाहेर्दै बिलिन
पग्लिएको आनन्द ।
२,
गर्मी मौसम
शीतल खोज्छ मन
ज्वाला बनेर
तात्तिएको पसिना
बाँफिएको समय
बीरक्तिएको मन ।
३,
सपना उड्यो
सोझो बन्दै जाँदामा
पाटीको बास
धिकार्दै भाग्यलाई
धोका दिदै समयले
दोबाटो कुराएर ।
४,
पानी भ्यागुतो
उफ्रिंदै बाटो छल्दा
मरेको सर्प
डरले सताउँदा
आत्तिदै पाखा लाग्दा
काप्चामा च्यापिएछ ।
५,
उज्यालो हुँदा
साट्न खोजेको खुशी
एक्कासी निभ्दा
विश्वास घोप्टिएको
विवेक गुमाउँदा
पश्चाताप भएछ ।
६,
ढेडु बाँदर
च्यापेर रुख ताक्दा
हाँगा नै घाँडो
उफ्रिउफ्रि हिँडेको
तर्सेछ आफैंदेखि
मन बन्यो अल्लारे ।
Comments