गजल
गङ्गा कर्माचार्य पाैडेल
अझ पनि कति गर्नु सुशानकाे अास यहाँ
अड्डामा धाउँदा जान्छ पिडितकाे सास यहाँ
भन्छन् भाेली पर्सि अाउनु
भ्रष्ट कर्मचारीहरू
घुस पाए क्षणमै हुन्छ फायलहरू पास यहाँ
अाैषधिमा समेत कमिसनकाे खेलहुन्छ
सरकारी अनुगमन देखिदैन खास यहाँ
बढीराछ बेराेजगारी बन्दभाछन् उद्योगहरू
हुने भयाे गरिवकाे अब उठीबास यहाँ
सरकार पनि छकिछैन याे देशमा खैकुन्नी
यस्तै रहे पराईले बनाउँछ दास यहाँ ।
Comments