Skip to main content

हाइकु - पुष्कर लोहनी

हाइकु
- पुष्कर लोहनी 

१.
दागी चन्द्रमा
चिस्सिएको जवानी
सूर्यको आँखा !
२.
पानी पोखिँदा
गिलो भएको माया 
फुत्केको हात !
३.
हरियो देख्दा
निबुवा निचोरेको
मुख बिग्रिँदा !
४.
चर्केछ आफै
फूल फुल्ने गमला
आँसुको थोपा !
५.
हिर्काइदिँदा
आफै हल्लियो भित्ता
मन च्यात्तिँदा !
६.
आँखै थचक्क
झिम्म नगरिकनै
आँखै लुकेछ !

Comments