नुवाकोट / पर्यटन प्रबर्द्धनका लागि साहित्यिक पदयात्रा भन्ने मुल नाराका साथ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालले बिगत एक दशकदेखि साहित्य पदयात्रालाई निरन्तरता दिदै आएको जनाइएको छ ।
यस वर्षको पदयात्रा नुवाकोट क्याम्पसको गेटदेखि लिखु गाउँ पालिकाको गुप्तेश्वर महादेव गुफामा यात्रा तय गरिएको थियो ।
सो प्रतिष्ठानका सभापति रामकृष्ण अमरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी रामकृष्ण भट्टले गर्नु भएको थियो ।
कार्यक्रममा सर्जक वासु ठकुरी, श्रीराम श्रेष्ठ , नेपाली सेनाका पुर्व सेनानी कुलबहादुर पौडेल , उप प्रा . पवनराज खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो भने शिवशुन्दर पुडासैनी ,रामप्रसाद चालिसे,वद्रिबृन्द गजुरेल ,राजकुमार आचार्य, विष्णुप्रसाद सापकोटा , रामराजा पन्त, भगवती खनाल,सुप्रिया आचार्य, जानुका दहाल, करण तामाङ,दिपेन्द्र लामिछाने,श्रीधर पाण्डे,इन्दिरा रेग्मी, बद्री तिवारी , सुनैना उप्रेती ,रामेश्वर गजुरेल , यज्ञरथ पुडासैनी, पुष्प अधिकारीले रचना वाचन गर्नु भएको थियो ।https://youtu.be/k82PjADI8Lc
Comments