Skip to main content

दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन

नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् ।मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा त्यहाँ गुरुयोजना अनुसार ती भवन निर्माण भएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको शनिबार उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गर्दै थप संरचना निर्माणमा बजेट अभाव नहुने जानकारी दिए ।

धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उनले भने, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।”


गुरुयोजना अनुसार पुरातत्व विभागबाट स्वीकृत बजेट अनुसार निर्माण थालिएको संचरचनाको मन्त्री ढकालले शिलान्यास समेत गरेका थिए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिए ।

भौगोलिक रुपमा विकट बस्ती भए पनि मूल सडकबाट ट्र्याक खोलिएको सडकको लागि व्यवस्थित बनाउन (कालोपत्र गर्न) व्यक्तिगत रुपमा पूरा गर्ने वाग्मती प्रदेससभाका सदस्य बद्री मैनालीले प्रतिबद्धता जनाए ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर महादेवको मन्दिर व्यवस्थापनको लागि गाउँपालिका अर्थात स्थानीय सरकारको तर्फबाट आफूले समेत बजेट उपलब्ध गराउँदै आएको जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिका–६ राउतबेँशीस्थित चट्टाने भिरमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरको संरक्षणमा तीन तहको सरकारबीचको सहकार्यमा निकै सुधारका काम हुँदै आएको छ । तीन तहको सरकारमार्फत मन्दिरसम्म पुग्न कठिन रहेको बाटोमा पदमार्गको व्यवस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानीबाट बच्न अहिले छाना लगाइएको छ ।

मन्दिरको भेटी तथा सहयोगको बैंकमार्फत पारदर्शी, सिसिटिभी क्यामरामार्फत सुरक्षालगायतको प्रबन्ध मिलाइएकाले गुरुयोजनामार्फत आगामी दिनमा आवश्यकताको आधारमा थप संरचनाको निर्माण गर्दै अघि बढ्न मन्त्रीबाट पाएको प्रतिबद्धताले आफू उत्साहित भएको समाजसेवी बलराम आचार्यको भनाइ छ ।

सोही अवसरमा मन्दिरका पूजारी भगवानहरि धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिमा निकै उच्च रहेको जानकारी दिँदै संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार आवश्यक रहेको बताए।


Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।