साहित्यकार करण तामाङ घ्लान "सायर"ले केही नयाँ बुसाेकुसेकिका शनिबार सार्वजनिक गर्नुभएको छ । बुसाेकुसेकिका जापानी साहित्यकाे लाेकप्रिय र महत्त्वपूर्ण विधा हाे । जापानी साहित्यकाे अध्ययन अनुसन्धान गर्दै जापानी साहित्य नेपाल भित्र्याउन सफल सायरले पछिल्लो समयमा हाइकु , तन्का , डाेडाेइट्सु , सेडाेका , फिजारल्डमा मुक्तक , नाटक , हाइबुन , साेमन्का लगायतका विधाहरुमा कलम चलाउदै अाउनु भएको छ । जसमध्ये बुसाेकुसेकिका यसप्रकार सार्वजनिक गर्नुभएको हाे ।
जलेकाे मन
खरानीकाे चाङमा
खेल्दै भुमरी
हुरीकाे खुसीहरु
मुस्कान थप्दै अात्मा
दर्पण जिन्दगीकाे ।
दुई )
बन्छु बटुवा
देख्नुछ घरीघरी
सच्चा पिरती
डरका थुप्रोमुनि
हिम्मत दबेकाे हाे
सम्बन्ध र सम्बन्ध ।
तीन )
ठुली भएको
दाैडिदै शरीरमा
निर्दाेष दृश्य
अनुमती पाएकाे
चुलबुलाए अाैँला
काउकुती बेस्सरी ।
चार)
सन्ध्याकाे रङ
गाढा बन्दैछ जब
चाेकचाेकमा
कुरुप र सुन्दर
माेलताेल बेग्लै छ
तल्लाघरे ठुलीरे ।
पाँच )
सुरुकाे दिन
निकै गुलियो भयाे
मिठाे मुस्कान
छरपस्ट पिरती
घट्दै गएकाे प्यास
हाे निल्नुन अाेकल्नु ।
छ)
छातीमा टाँस्याे
बढेको समिप्यता
उनैकाे शिर
चिम्लिदा अाँखाहरु
हराए निकै टाढा
प्रेमका बिउहरु ।
Comments