बेलकोटगढी । कोरियामा बस्दै आएका राम तामाङले बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन्।
समाजसेवी बाबुराम तामाङको पहलमा वडा नम्बर ९ का स्थानियहरुलाई १५ सय थान मास्क र ३० लिटर सेनिटाइजर बितरण गरिएको हो ।
यस्तै काठमाडौमा बस्दै आएका तथा खाना खान समस्या भएकाहरुलाइ पनि खाद्यान्न सामाग्री सहयोग गरिएको तामाङले बताए ।
देशमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाइ आगामि दिनमा पनि बाबुराम तामाङको पहलमा सहयोग गर्ने तामाङले प्रतिबद्दता जनाएका छन् ।
Comments