अठोट
- समीकरण
दक्षिण दाहिना भएपछि
दक्षिणा पाएको हुँ मैले
'एक थान उपप्रधानमन्त्रि'
सजिलो त कहाँ छ र !
मलाई पनि
प्रभुको आदेश मान्नुपर्छ
जे गर् भन्यो त्यो गर्नुपर्छ
स्वविवेक नै बन्धक राखेर
केवल छाप लगाउनुछ मैले
रबरस्ट्याम्प बनेर ।
खोल्नुछ नागरिकता पसल
बेच्नुछ नागरिकता
अनि किन्नुछ
आजीवन सांसद पद
पारीको जनसागर वारी भित्र्याएपछि
आज 'उप' छु मित्र
भोली 'पिएम' बन्नेछु
महेन्द्र चौधरीजस्तै !
काट्ने हो चुरे
बेच्ने हो माटो
बालुवा बेच्ने, ढुङ्गा बेच्ने
जमिन बेच्ने, नदी बेच्ने
हिमाल बेच्ने, बुद्ध बेच्ने
जे जे छ , त्यहि बेच्ने
बेच्न मिल्ने पनि बेच्ने
बेच्न नमिल्ने पनि बेच्ने
आखिर बनाउनुछ फिजी
फ्याँक्ने नै हो संविधान
जलाउने नै हो
हिँजो सडकमा बसेर जलाएँ
अब सरकारमा बसेर जलाउँछु
हिँजो संविधानको फोटोकपी जलाएँ
अब संविधानको मूलकपी जलाउँछु
सुशिल दा' जस्तो होइन, केपी 'बा'
हाम्रो त सपना मिल्छ
विचार मिल्छ, दृष्टिकोण मिल्छ
स्वार्थ मिल्छ, 'केमेष्ट्री' मिल्छ
मलाई तिर्नुछ पूर्खाको रिन
मलाई तिर्नुछ पारीको गुन
मलाई बन्नुछ यो देशको 'पिएम'
र, स्वर्णअक्षरमा लेखाउनुछ नाम
'महेन्द्र चौधरीले जस्तै !'
Comments