बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरसङ्गै कान्छी माया तामाङ फाउन्डेसनले देशका विभिन्न भुभागमा रहेका गाउँ ठाउँमा पुगेर विभिन्न किसिमका राहत वितरण गरिदै छन्।विभिन्न संघ सस्थाको सहयोगमा फाउन्डेसनले राहत वितरण गरिदै आएको फाउन्डेसनका अध्यक्ष डाक्टर दिलबहादुर थोकर,तामाङले बताउनु भयो।डाक्टर तामाङका अनुसार देशका जुनसुकै ठाउँमा फाउन्डेसन विभिन्न किसिमका राहतका सामाग्री लिएर पुग्ने प्रयास गरिरहेको छ।
अहिले दिन दुखि र गरिबी ज्यालादारी मजदुरले आफ्नो दिनचर्या ज्याला मजदुरी गरेर चुलो चौका बाल्न समस्यामा परेकालाई विशेष प्याकेजका साथमा उनीहरुको घर दैलोमा तिब्र रूपमा पुग्ने जमर्को समेत गरेका उहाँको भनाई छ।आफ्नो संस्थाबाट कोरोना सङ्क्रमितहरुका लागि बेला बेलामा स्वास्थ्य विशेष ज्ञान मूलक जानकारी सामाजिक सञ्जालमा दिने गरेको डाक्टरले बताउनु भयो।
त्यसैगरी,दोलखाका आर्थिक कमजोरी र शारीरिक अशक्त रहेका पाँच घर परिवारहरुलाई साथै धुलिखेल बासघारीमा कोठा भाडामा बस्नेहरुका लागि खाद्यान्न सामग्री वितरण गरिएको उहाले बताउनु भयो।यसैगरी सामाजिक कार्य सहयोग कार्यक्रमहरुका साथमा फाउन्डेसन निरन्तर अगाडि बढिरहेको र आगामी दिनहरूमा पनि निरंतरता दिने समेत जनाएको छ।
Comments