एक)
बादल पारी
क्षितिजको रंगमा
मन छाेएछ
गाेधुलि साँझहरु
पराई हैन अाफ्नाे
एकान्त त्याे दृश्यमा ।
दुई )
टाेलाउँदै छ
झरी परेको रात
माधुर्य तन
बलेसीकाे तप्कनाे
त्याे झ्यालकाे अाडमा
सुस्तरी यादहरु ।
तीन)
छातीमा अाउ
बेरिनु है बेस्सरी
अंगालो भरी
हल्का उडायाे केस
शिर उठाइ हेर्नू
निर्दाेष अाँखाहरु ।
चार)
सुनसान छ
बन्द नयनहरु
एकान्त बाँस
शान्तसँग बगेको
अाँशुका डाेराहरु
सानुकै खाेजीमा हाे ।
पाँच )
याद मसँग
हरपलकाे चिनाे
नयाँ भैदिन्छ
मृत्यु भएको अाश
अात्म बनी उभियाे
म फेरि मारिदिउँ !
छ)
बस्छु पर्खेर
प्रेमका टुक्राहरु
बटुल्दै रहेँ
टाढानै जानू भन्छाै
जीवन कहाँ फालुँ
कान्छू तिमी नभए ।
सात)
पर्देशी माया
याे हृदय हेरेनाै
शंका बढायो
एक गाँस मुखमा
अाँशु बग्छ यादले
Comments