दृश्य /परिदृश्य
जीबनको गोरेटोमा
टहटह जून चम्केको जुनेली रात
एक तरह बजेको आवाज 
यताउता सबैतिर
झरनाहरु सुसाइरहेका छन् 
गुन्जायमान छन् नदि नालाहरु
चम्किरहेका छन् आकाशमा ताराहरु
यी गाउँ /बस्तिहरुमा
सन्नाटा र मौनता 
बस्ती पारी जङ्गलमा 
सुनिन्छ रुखहरु सुसाएको
यो दुःखान्त यात्रामा 
एकैछिनको विश्राममा
चिसो पवन चल्दा
मनै प्रफुल्ल भइदिन्छ
एकैछिन दुःखी मनलाई बिसाउदा
एकोहोरो टोलाउन पुगेछु
अाँखा वरिपरि 
किरमिरे धर्साहरु
नियाल्दा नियाल्दै
अनायास यो मन
आकुल व्याकुल 
मडारिएको बादल 
अनि
आँधिबेरी जस्तै बाफिएका मनका भावना 
जर्जर र आक्रान्त 
उन्मक्त भइदिन्छ
पीडा र वेदनाले
छ्टपटीएकाे मन
एक्कासी बिष्फोटन हुन खोज्छ
अफसोच मन आफै स्वतन्त्र भई
पुनः मन तरल भैदिन्छ
भावनामा लागेका चोटहरु
मननमश्तिश्कमा कुरा खेल्दा
अनायास बज्रपात हुने गरी
छिचोलिदिन्छ
ज्वालामुखी बिस्फोटन भए जस्तो
क्षतबिच्छेत हुने गरी 
अनि
कताकता अलमलिएको यात्री झै
मान्छे मान्छेको भीडमा
दोबाटोमा /चौबाटाेमा
अनि
बिरानो ससारमा
म आफैलाई बिर्सन्छु
भौतारिदै हिड्छु
कहिले पुर्व 
कहिले पश्चिम 
कहिले उत्तर
कहिले दक्षिण 
बाटो पहिल्याउने धुनमा 
खुल्ला आकाश
बन्द पृथ्वी 
गल्ठ्ङ्गुल्थुन्ङ बाटो 
हरियाली बन जङ्गल 
राताम्ये गुराँसका फुलहरु
मीठा चराका धुनहरु
कहिले हिमाल 
कहिले तराई 
ती उकाली /ओराली बाटाहरु
असिना पसिनाका साथ
सुस्केरा हाल्दै
पथ प्रदर्शक जस्तै
लम्किरहेको छु
निरीह बनी आफ्नै रफतारमा
अनन्त यात्री झै
उराठलाग्दो बाटो 
निरन्तर लम्किरहेको छु
तर
गन्तव्य पहिल्याउन सकिराखेको छैन 
झन बाटो लम्बिदैछ
म थकित भएको छु
तापनि हिडिरहेकोछु
एकोहोरो एक्लै 
गन्तव्य ठम्याउने प्रयासमा ।
          लेखेको मितिः २०६०/१२/०९
Comments