सिजो
१,
जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियालो आत्मीयता सबैमा ।
२,
संसार चिहाउँदा दुई दिने घामछाया
अडान लिइबस्दा उमेरले नेटो काट्यो
बुझेर जीवानलाई अघि बढ्दा सुगन्ध ।
३,
समाज ब्यतिथिमा अत्याचार बढ्दै गयो
भएन नियन्त्रण डरलाग्दो परिबेश
झस्किन्छु सधैं जसो नै आफैंदेखि डराए ।
४,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलब्य बन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसे टाेलाई ।
५,
त्रिशूली बजारमा घुमिघुमी बिताएको
मनमा धेरै कुरा साँझ पख बटुलेर
समय बितिगएछ एक्लैएक्लै फर्केछु ।
६,
घुमियो भेडेटार मनलाई आनन्द भो
पहाडी थुम्कोलाई हेर्दाहेर्दै रात पर्यो
गरियो दृश्य चुम्बन नमेटिने अाँखाले ।
Comments