विशुद्ध समाजसेवाकाे निमित्त तत्पर मनखुसी फाउन्डेसनकाे नुवाकोटकाे दुप्चेश्वर गाउपालिका कार्यसमिति साेमबार गठन भएको छ । फाउन्डेसनको जिल्ला सभापति एवम् संयाेजक करण तामाङ साथमा अग्रज राजनीतिज्ञ एवम् समाजसेवी , कलाकारहरुकाे उपस्थितिमा गठन गरिएको हाे । फाउन्डेसनको पालिका संयाेजक एवम् जिल्ला सदस्यमा कलाकार बिकी लामा लाे निर्विरोध चयन भएको छ । यसैगरी सचिवमा पुजा तामाङ र सदस्यहरुमा फूलमाया तामाङले , कान्छी तामाङ , निरुता तामाङ चयन भएका छन् । शिक्षा , स्वास्थ्य , खेलकुद , कला , साहित्य लगायतका क्षेत्रमा विभिन्न ढङ्गबाट टेवा पुर्याउदै समाज सेवालाई अघि बढाउने उदेश्यले फाउन्डेसनले अाफ्नाे कार्यक्षेत्र वृहत् बनाउदै जिल्ला तथा गाउँ/नगरपालिका गठनलाई तिव्रता दिएका छन् । यसै क्रममा नुवाकोटकाे सबै स्थानीय पालिकाहरु गठन प्रक्रिया सुरु गरेको हाे । यसअघि नुवाकोटको सूर्यगढी गाउपालिका गठन भए पश्चात् जिल्लाकाे याे दाेस्राे स्थानीय पालिका गठनकाे हाे ।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments