बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर -४मा बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी वडा अध्यक्षमा विभिन्न पार्टीको तर्फबाट उम्मेदवारी परेका छन्।नेपाली काङ्ग्रेसको तर्फबाट युवा तथा समाजसेवी भुबिन्द्र बहादुर बानियाँ,नेकपा माओवादी केन्द्रबाट पुर्व वडा अध्यक्ष चन्द्रबहादुर लामा,नेकपा एमालेबाट पदम बहादुर भुजेल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ललित बहादुर बस्नेत र आमूल परिवार पार्टी मसिहबाट जेम्स तामाङ रहेका छन्।वडा तहको निर्वाचनमा उनिहरुबिच कडा प्रतिस्पर्धा हुँदैछ।
आ-आफ्नै पक्षमा रहेका नागरिकहरुबाट आआफ्नो उम्मेदवारीको जित सुनिस्चित छन् भनिरहेका बेला कसले जित्छ भन्ने कुराको नतिजा भने पक्कै निर्वाचनको पर्खाइ बाहेको अरु बिकल्प छैन।काङ्ग्रेसको तर्फबाट रहेका उम्मेदवार बानियाँ सामाजिक कार्यमा निक्कै मजबुत देखिन्छ भने पुर्व वडा अध्यक्ष लामा पनि सोझा राजनीति र भ्रष्टाचारीको कुनै साङ्केतिक लक्षण समेत नरहेको सलिन नेताको रूपमा परिचित छन्।त्यस्तै एमालेका नेता भुजेल भने पसल ब्यवसायी एक व्यक्तित्व हुन् र राप्रपाका बस्नेत भने एक होनहार युवा नेताको रूपमा लिन सकिन्छ साथमा आमूल परिवर्तन पार्टी मसिहका तामाङ भने युवा शिक्षित एक उम्मेदवारीको रूपमा लिन सकिन्छ।
Comments