बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी नगरपालिका चार नम्बर वडा अध्यक्षका उम्मेदवार भुबिन्द्र बहादुर बानियाँले आफ्ना १४ वटा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्नु भएका युवा नेता बानियाँले आफ्नो चौध वटा प्रतिबद्धता यसरी व्यक्त गरेका छन्।
प्रतिबद्धताहरु:
१)नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको हरेक परिवर्तनलाई सस्थागत गर्दै बेलकोटगढी -४ का आम नागरिकलाई वास्तविक रूपमा लोकतन्त्रको प्रत्यभूती दिलाउने
२)पहिलो पटक भएको निर्वाचनबाट निर्वाचित नेतृत्वले जनताका लागि गर्न नसकेको रहेको कामहरु क्रमशः पूरा गर्दै वास्तविक रूपमा जनतालाई आफ्नै गाउँमा सिंहदरबार आएको प्रत्यभूती दिलाउने।
३)२०७४ देखि काम हुन नसकेको मुल बाटो,शाखा बाटोहरुलाई पाँच वर्षभित्र हिउँदमा र वर्षमा नै गाडी चल्न सक्ने ढंगले स्तरोन्नति गराउने
४)बिशौले खोला र पञ्चासे खोलामा पाँच वर्षभित्रमा पक्की पुल बनाउने।
५)बेलकोटगढी-४का बासिन्दालाई खानेपानीको समस्याबाट मुक्त गर्दै एक घर एक धारा निर्माण गर्ने।
६)स्वास्थ र शिक्षामा समय अनुसारको आमूल परिवर्तन गर्ने
७)कृषिलाई आधुनिकीकरण गर्दै उत्पादित कृषि तथा खाद्य वस्तुलाई बजारसम्म पुर्याउने व्यवस्था गर्दै किसानलाई कृषिमा नै आत्मा निर्भर बन्न सक्ने बनाउने र त्यसका लागि क्रमशः सिचाइ थोपा सिचाइका लागि व्यवस्था गर्ने।
८)वडामा रहेको कृषि सहकारीलाई पनि व्यवस्थित गर्ने र बढिभदा बढी व्यवसायीक रूपमा वडा बासीका पक्षामा लगाउने।
९)पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि चिम्टेश्वरलाई देशकै एक मुख्य पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने वडाले सक्रियता पुर्वक प्रदेश र सङ्घिय सरकारसँग समन्वय गर्ने।
१०)बिगतमा सामाजिक भावनाले गरेको सहयोग स्वरूप बनेको बाटो घाटो पार्टी पौवा मठ मन्दिर र मरण घाट प्रतिक्षालय लगायत निर्माण हुन बाकी र आवश्यक स्थानमा थप गर्दै पाच वर्षभित्र पूरा गर्ने।
११)जनतालाई सुशासनको प्रत्यभुती दिलाउदै वडा कार्यालयबाट प्राप्त हुने सेवा सुविधालाई छिटो छरितो बनाउने।
१२)जे बोल्ने त्यो पूरा गरेरै छोड्ने।
१३)वडामा बिगतमा नगरपालिकाले प्रादन गर्दै आएको बजेटले मात्र वडाको विकास सम्भव नहुने हुनाले माथिका यी प्रतिबद्धताहरु पूरा गर्नको लागि नगर प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर बजेट वृद्धि गर्दै समृद्धि वडाको रूपमा विकास गर्ने।
१४)नेपाल सरकारबाट वडा अध्यक्षका लागि प्राप्त हुने सबै प्रकारका सुविधा जस्तै:भत्ता,सवारी साधन समेत प्रयोग नगरी ती सबै सेवा सुविधाहरू स्थानीय विकासका लागि प्रयोजन गर्ने।
राजनीति र सामाजिक सेवा कार्यमा निरन्तर क्रियाशील बानियाँ जीत हासिल गर्ने विश्वासका साथ चुनावी अभियानमा होमिनुभएको छ । केही समय अगाडि मात्र उहाँले मरणपाटी निर्माण,मठमन्दिर निर्माणका,गरिब दीन-दु:खि वडाबासीहरुमा बिरामी खर्च लगायतका विभिन्न विषयमा आर्थिक सहयोग गर्दै आएका थिए।त्यस्तै उहाँले सडक सञ्जाल विकास गर्नका निम्ति भन्दै स्काइभेटर साथमा तेल खरिदका लागि स्थानीयलाई आर्थिक उपलब्ध गर्नु भएको थियो ।
Comments