Skip to main content

नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले निर्वाचित



नुवाकोट||नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याउनुभएको छ ।

आशा तामाङ अध्यक्षमा पुनः दोहोरिनुभएको छ । यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङले तीन हजार ७३१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गामाया तामाङ दुई हजार ४२ मत ल्याउनुभएको छ ।

त्यस्तै, सोही गाउँपालिकको वडा नं १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा नं २ मा नेकपा एमालेका सन्तवीर तामाङ, वडा नं ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र वडा नं ५ मा नेपाली कांग्रेसका जीतबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकीले तीन हजार २०३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गा आचार्यले दुई हजार ९३२ मत ल्याउनुभएको छ । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

सूर्यगढीको वडा नं १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा नं २ मा कांग्रेसका दीपक अधिकारी, वडा नं ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा नं ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा नं ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ । तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । तामाङले तीन हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी हुुनुभएको छ । उहाँले तीन हजार तीन सय ९७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याउनुभएको हो ।

यसैगरी सो गाउँपालिकाको वडा नं १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् ।

यस्तै, तारकेश्वर गाउँपालिकामा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत ल्याएर अध्यक्षमा विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले चार चार ६५८ मत ल्याएर निर्वाचित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले तीन हजार ३९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो ।

वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका चक्रबहादुर तामाङ, वडा नं २ मा एमालेका शिव पनेरु, वडा नं ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा नं ४ मा एमालेका हरिबहादुर पौडेल, वडा नं ५ मा कांग्रेसका अशोक तामाङ र वडा नं ६ एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए ।

यसैगरी किस्पाङको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ६३८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत ल्याउनुभएको छ । लामा यसअघि किस्पाङको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपानेले तीन हजार ७१२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीलकुमारी मोक्तानले तीन हजार १७७ मत ल्याउनुभएको छ । किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

किस्पाङको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका पशुपति घले, वडा नं १ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा नं ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, वडा नं ४ कांग्रेसका विनोद तामाङ र वडा नं ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । र जिल्लाका अन्य स्थानीय तहमा मत गणना भइरहेको छ ।

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

बेलकोटगढी-४का विभिन्न पार्टीका युवाहरु धमाधम काङ्ग्रेसमा प्रवेश

बेलकोटगढी।नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, प्रतिवान नेता एवम् माननीय संघिय सांसद  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा बेलकोटगढी -४ नेपनेमा आज वडाबासीहरुसङ्ग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।लामाद्वारा हाल कोरोना भाइरस कोभिड १९ को महामारीको विषम् परिस्थितिमा पनि नुवाकोटका बेलकोटगढी ४ नेपनेमा वडाबासीहरुसङ्ग भेटघाट र  आउदै गरेको दशै तिहार तथा छठ लगायतका नेपालीहरुको महान पर्वहरुको  शुभकामना आदन प्रदान  गर्ने कार्य भएको हो। उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेखनिय उपस्थित रहेका थिए।कार्यक्रममा साविकको  दुईपिपल गाउँ विकास समितिका पुर्व अध्यक्ष इन्द्र लामा,युवा तथा समाजसेवी शेरब लामा,प्रकाश रिजाल,सोनम लामा,वडा नम्बर ४का नेपाली काङ्ग्रेसका सभापति लक्ष्मण तामाङ,प्रत्याशी नगर प्रमुख यादव नेपाल, साबिकको दुईपिपल गाउँ विकास समितिका नेपाली काङ्ग्रेस पार्टी सभापति  मदन भुजेल,युवा तथा समाजसेवी रामचन्द्र लामा,बाबुराम तामाङ,प्रेम तामाङ ,लगायतका  उपस्थित रहेका थिए।सोही कार्यक्रमको बिच राप्रपा,पु...