बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यका लागि माओवादीका उम्मेदवार हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ ।
गएराति करिब साढे १० बजे साउदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
साउदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । साउदलाई थप उपचारका लागि धनगढी लगिएको छ । साउदमाथि स्थानीय अजित साउदको समूहले आक्रमण गरेको आरोप छ ।
Comments