बैज्ञानिक नाम: Aegle marmelos (Linn. ) Correa वनस्पति परिवार: Rutaceae
यस् लाई सस्कृतमा श्री फल भनिन्छ | यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो। यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ। तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ। पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन्। फूलहरू हरिया–सेता रंगका र बास्नादार हुन्छन्। फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन्। फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ। फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्।
यो विरुवा भारतको मौलिक विरुवा मानिन्छ, ता पनि म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिब ११०० मी. सम्मको उचाई भएका ठाउँहरूमा पाइन्छ। हाल यसको उन्नत जातको विरुवाहरूको खेती गर्ने प्रचलन पनि छ।यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेती प्रति रुचि बढेको छ।यसको जरा आयूर्वेदिक औषधिय पद्धतिमा तयार गरिने “दशमूल”मा प्रयोग गरिन्छ। नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ। यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट शरवत बनाउने पनि गरिन्छ।
बेलको महत्त्व हिन्दु धर्म अंर्तगत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रीको अवसरमा समेत प्रत्यक शिवालयमा प्रसस्त बेलपत्र चढाइन्छ ।
बेलका फाइदाहरु– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ।
– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ।
– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ।
– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ।
– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी मानिन्छ।
– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ।
– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ।
– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ।
– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ।
– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ।
– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ।
– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ।
– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ।
– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ।
– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ।
– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।
– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो।
– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पुर्याउँछ।
– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पुर्याउँछ।
Comments