हो म बा ले गरेको गल्ती नदोहोर्याउने हुँ!
नजिक बाट नियाल्नुस त मेरो नाम?
नियाल्नु भयो हो म बा ले गरेको गल्ती नदोहोर्याउने हुँ!
बा हरुले धेरै सत्कर्म गरे म आज बा कै काधमै छु
म बा को काधमै बसेर यो उपत्यकाको खाल्टो
गुन्जयमान हुने गरि ठुलो स्वारमा बा को कानको जाली
फुट्ने गरि बा को काधमै बसेर बा तपाईंले ठुलो गल्ती गर्नुभयो
म बा को कानमा बज्ने गरि सुनाउन चाहान्छु!
बा तपाईं जिद्दी नगर्नुस्
तपाईं का राजनैतिक गल्ती हरु…
फिरिङ्गी हरु आए तपाईं लाई कम्युनिष्ट बनाय
तपाईं कम्युनिष्ट बनिदिनुभयो
बा तपाईं तल्ला घरे गान्धी हजुर आमा लाई रिस उठ्दा
काँग्रेस बनिदिनु भयो
माथ्लो घरेको आदर्श बोकेर माओबादि बनिदिनु भयो
बा मैले टुडिखेल मा एकाबिहानै पुर्बको नगरकोट को डाडो नियालेको छु
बा मैले पशुपति मृगस्थली बाट सुर्य अस्ताउदै गरेको
चन्द्रागिरी नियालेको छु
बा मैले थापाथली बाट शिबपुरी मा हिउँ परेको देखेको छु
बा मैले लाजिम्पाट बाट दक्षिणकाली बाट गौसालामा
अवतरण गर्नै लागेको हवाई जाहाज तपाई कै काधमा बसेर हेरेको छु
तपाईं ले मलाई निन्द्रा लागेर हैरान भै सक्दा पनि
धोबिखोला र बागमती मा पौडी खेलेको किस्सा तपाईकै मुख बाट सुनैकै हो !
बचपन मा मेरो बा म तपाईं जस्तै धोबी खोला र बागमती मा पौडी खेल्न चाहन्छु मेरा बा!
मेरा बा का गल्ती हरु ले मैले
निउरोडको कुनै गल्ली भित्र
एक आनाको घर को तल्लो कोठामा
९० प्लेट मम र ३७ वटा चटामरी बेचेकोको हिसाब
राख्न बेस्त छु!
बा आज निउरोड का दिग्गज ब्यापारी को छ?
बा आज सिंह दरबारमा को छ?
बा आज निर्मल निवास मा को छ?
बा तेसैले यो पटक मैले तपाईं ले गरेको गल्ती
मैले गरिन अनि तपाईं लाई गल्ती महशुस गराए
तेसैले म बालेन हु अर्थात
बा ले गरेको गल्ती नदोहोर्याउने हुँ
म बालेन हुँ|||||||
"हरि ढकाल"
Comments