बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४मा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारीबिच कडा प्रतिस्पर्धा भैरहेको छ।१८०५ मतमा १५०० मत गणना भैसक्दा दुबै जना कडा रूपमा मत परिणाम प्राप्त गर्दै अगाडि बढिरहेका छन्।नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी भुबिन्द्र बहादुर बानियाँ सुरुको मत गणना देखि नै पछाडि देखिए त पनि अहिलेसम्मको मत परिणामले अझ खुलदुलि बनाएका छन्।यता नेकपा माओवादी केन्द्र तर्फबाट चन्द्रबहादुर लामा(जमम)पुर्व वडा अध्यक्ष समेत रहेका छन्।जसले सुरुवातको समयदेखि नै पनेपाली काङ्ग्रेसका उम्मेदवार बानियाँलाई पछि पार्दै अगाडि नेतृत्व गरिरहेका छन्।
केही अगाडिको समय सम्म लामाले ५७८ मत प्राप्त गरेका छन् भने बानियाँले ५६७ मत प्राप्त गरेको छ।मत परिणाम अनुसार उनिहरु दुई उम्मेदवारी बिचको मतान्तर जम्मा ११ रहेको छ।केही समय अघिसम्म लामाले जित्लान् भनी आकलन गरिरहेकाहरु अहिले के हुन्छ कसको जीत होला भन्ने कुरामा दुबिधा छन्।तैपनि अरु भन्दा फरक मत मरिणाम आउदै रहेकाले अन्तिम नतिजा नाआएसम्म कुर्नैपर्ने छन्।
Comments