Skip to main content

पुर्व नगर उप-प्रमुख ढुंगानाले लेखे उनको आफ्नो फेसबूकमा यति लामो Status

बेलकोटगढी।बेलकोटगढीबासी आदरणिय आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरूमा हार्दिक नमस्कार व्यक्त गर्दछु ।पाँच वर्ष अघि बैशाख ३० गते यहाँहरूकाे अमुल्य मत प्राप्त गरि नगरकाे  उप प्रमुख जस्ताे गरिमामय पदमा विजय हाँसिल गरेर जेठ ८ गतेका दिन सपथ खाएकाे थिए । संघियताकाे पहिलाे अभ्यास गर्ने र हरेक कुराकाे जग बसाल्नु पर्ने ऐतिहाँसिक र चुनाैतिपुर्ण जिम्मेवारी हाम्रै काँधमा थियाे ।याे पाँच बर्षमा देखिने र अनुभुति हुनेगरी विकासका रेखाहरू काेरिएका छन् ,आधारहरू तयार भएका छन् ।
https://m.facebook.com/story.php?story_fbid=pfbid0mC7LtnkCDEM3AH66XcJ3GDXREncod2rSHVCLKBpRZWCYhfU3LaMPFxUXheywb9yvl&id=100000879180173

यद्यपी हामीले देखेकाे बेलकोटगढी विकासकाे सपना यति मात्र थिएन। हामीले नगरबासीकाे विकासका थुप्रै सपना  पुरा गर्न बाँकि थियाे, पाँच बर्षकाे अबधि समग्र विकासका लागि पर्याप्त थिएन । त्याे माैका हामीलाई त मिलेन  यद्यपी हामीले देखेका सपनाहरू पनि पुरा गर्नेगरी नयाँ जनप्रतिनिधहरू लगभग  अाईसक्नु भएकाे छ हामिले हाम्राे कार्यकालमा निर्माण भएकाे नगर विकासकाे अावधिक याेजना सहितकाे खाका नयाँ जनप्रतिनिधि समक्ष सुम्पिएका छाै । 

संविधान प्रदत्त अधिकार  उपप्रमुखकाे भुमिकामा रहेर जति गर्न सकिन्थ्याे इमान्दारीता र सक्रयता पुर्वक पुरा गरेकाे छु। उप प्रमुखकाे भुमिका अफैमा कार्यकारी भुमिका नहुँदा यहाँहरूका सबै अपेक्षाहरूलाई संबाेधन गर्न सकिन तर मेराे विवेकले भ्याए सम्म सबैकाे हितमा निश्पक्ष ढंगबाट काम गर्ने प्रयत्न गरे ।कहि कतै मेराे कार्यबाट कसैलाई विभेदकाे महशुस हुन पुगेकाे छ भने मानबिय कजाेरीकाे रूपमा लिईदिनु हुनेछ र अागमी दिनमा ति कमजाेरीहरूप्रति सुझाब दिई सुधार्ने माैका प्रदान गर्नु हुनेछ भन्ने विश्वास लिएकाे छु ।पाँच वर्षकाे कार्यकालमा आजका दिन सम्म एक रूपैया भ्रष्टाचार गरेकाे छैन र कसैसँग एक रूपैया पनि कमिसन खाएकाे छैन बरू आफ्नाे गाँस काटेर बेसहारा, दिन दुखिहरूकाे घाउमा मल्हम लगाउने काेशिस गरे । समाजका सबैभन्दा पिधमा रहेका वर्गसम्म न्यायमा पहुँच पुर्याएर संघियताकाे उपलब्धिलाई संस्थागत गर्ने काेशिस गरे  ।नगरपालिका लाई आबस्यक पर्ने ५० भन्दा धेरै ऎन,नियम,नियमावली,कार्यबिधी आफैले निर्माण गरे ।लगभग ३०० वटा मुद्दामा आफ्नो अर्को नभनी न्याय सम्पादन गर्दा देशभरिकै ७५३ स्थानीय तहमा बेलकोटगढी नगरपालिका न्यायिक समिति देशभरिकै पहिलो बनाउन सफल भए । नगरपालिकामा स्थायी प्रहरी चौकी ल्याउन,बैक स्थापना गर्न र नगरपालिकाको प्रसासनिक भवन बनाउन २६ रोपनी जग्गा उपलब्ध गराउन आफू अनवरत रुपमा लागेर आएको कुरा आज पनि सम्झन चाहन्छु ।
नगरबासीकाे जिवन स्तरमा परिवर्तन ल्याउन र अाय अार्जनमा  वृद्दि गर्न सिप हस्तान्तरण देखि व्यावसाय वृद्दि गर्ने खालका कार्य हरूमा स्थानिय तहकाे मात्र भर नपरी विकास साझेदार संस्था,संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरि जनप्रतिनिधिकाे भुमिकालाई सकेसम्म प्रभावकारी बनाउने काेशिस गरे यद्यपी सबै कामहरू चाहेजति र साेचेजति गर्न सकिएन ।
याे छाेटाे समयमा हामीले साेचेजति र देखेजति सपना पुरा हुन संभव पनि थिएन र मेरो कार्यपालिकामा उपस्थिति पनि गणितीय हिसाबले कमजोर रहेका कारणले कति योजना कार्यक्रम सफल हुन सकेनन् । 
भर्खरै सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा धेरै जना अझ बिबेसगरी महिला दिदिबहिनीहरुले ले मलाई फेरी उमेद्वारी दिनु हुन्छ हाेला भन्ने साेचेका थियाै हामी त निरास भयाै भनेर निकै दु:ख मनाउ गर्नु भयाे । तपाईले जित्न सक्ने पर्याप्त आधार र कारणहरू हुँदाहुँदै किन यति सहजै छाडिदिनु भयाे भनेर धेरै जना शुभचिन्तकहरू म संग रिसाउनु पनि भयाे । राजनिति तपाई हामिले साेचे जति सरल कहाँ रहेछ र! याे त निकै बाँङ्गाे टिंगाे र घुमाउराे बाटाे हाे । उप- प्रमुखकाे जिम्मेवारी एक कार्यकाल मैले पुरा गरिसकेकाे थिए उहि पदमा दाेहाेर्याउने मेराे चाहना थिएन ।अर्काे कुरा मेराे पार्टिले हाम्राे नगरपालिका जित्न गठबन्धन गर्नुपर्ने आबस्यकता देख्याे र म लगायत  हाम्राे पार्टीका सबै नेता कार्यकर्ता आफ्नाे पार्टिकाे  निर्णय मान्न बाध्य थियाै । एक कार्यकाल उप प्रमुख काे जिम्मेवारी पुरा गरेकाे अनुभवका आधारमा आफ्ना केहि भिजन र याेजनाहरू  कार्यन्वयन गर्न र पार्टिकाे समावेशि र सामाजिक न्यायकाे सिद्दान्तलाई कार्यन्वयन गराउन सहज हुने परिस्थितिलाई महशुस गरि नगरपालिकाकाे प्रमुखमा दावि प्रस्तुत गरेकाे थिए धेरै जनाले यसपालि हाम्राे नगरपालिकामा महिला नगर प्रमुख भएकाे हेर्ने रहर छ त्यसमा हामिले तपाईकाे संभावना देखेका छाै तपाई पछि नहट्नुहाेला भन्नु भएकाे थियाे यद्यपी त्याे परिस्थिति बनेन ।पार्टिकाे निर्णयलाई सहर्ष स्विकार गरि गठबन्धनका उमेद्वारलाई जिताउन दिनरात लागि पर्याै ।परिणाम सुखद निस्किएकाे छ । मेयर उपमेयर सहित बहुमत सदस्य गठबन्धनले जित्दै छ । याे हामी सबैकाे जित हाे। मेरो लागि त झन सुखद कुरा त म सगै मेयर मा होमिनुभएको व्यक्ति आज यो नगरपालिका को प्रमुख बनेर आइरहनुभएको छ । उहालाई मैले आफुले जानेका,सिकेका हरेक अनुभव,क्षमता आदानप्रदान गर्नेछु ।   किनकी आज भन्दा ५ बर्ष पहिला उहाले र मैले सगै नगरपालिका लाई यस्तो बनाउन सकिन्छ भनेर आफ्नो घोषणापत्र पनि तयार गरेका थियौ । आज उहाले त्यि योजना समेतलाई समेटेर अगाडी बढ्नुपर्ने हुन्छ ।

यस परिस्थितिमा म प्रति याे अटुट माया सद्भाव र साहनुभुति देखाउनु हुने मेरा आदरणिय नगरबासी आमा बुवा दाजुभाई, दिदि बहिनी प्रति हृदय देखि नै अभार व्यक्त गर्दछु । पद क्षणिक र अस्थायी  कुरा हाे ,याे आउँछ जान्छ यहाँहरूकाे माया, सद्भाव र साहनुभुति नै मेराे जीवनका लागि महत्वपूर्ण उर्जा हुन । म पदमा रहुँ वा नरहुँ सँधै यहाँहरूकाे साथमै रहने छु । महिला दिदि बहिनीहरूकाे समस्यासँग सधै एकाकार रहने छु । सामजिक काममा सँधै नै सक्रिय हुनेछु। र अन्तमा नयाँ निर्वाचित भई आउनु हुने नगरपालिकका प्रमुख उपप्रमुख वडा अध्यक्ष, वडा सदस्यमा निर्वाचित हुनुहुने सम्पूर्ण जनप्रतिनिधि ज्यु हरूमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दै उप प्रमुख र कार्यबाहक प्रमुखको समेत जिम्मेवारी पूरा गर्दै अब आउनेलाई हस्तान्तरण गर्दछु !
समृद्ध बेलकोटगढी र सम्मानित बेलकोटगढीबासी बनाउने प्रक्रियामा सधैं तपाइहरुको साथ रहने प्रण गर्दछु ।

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।