Skip to main content

मण्डो कविता,श्रीराम श्रेष्ठ

मण्डो कविता 
श्रीराम श्रेष्ठ 


केटा ...
रम्न खोजेको
सुनौलो भविष्यमा 
समय कहाँ छ र ?
केटी ...
दु:ख बिर्सेर
सुखको अनुभूति 
परिस्थिति अँगाल्दै ।
केटा ..
घडी जीवन 
हेरेको कालचक्र
के मृत्यु जितिन्छ र ?
केटी ..
आफ्नै रफ्तार
फुलेको फूल रुपी
मान्छेको कथाव्यथा ।
केटा ..
आगो बनेर
युद्ध मैदानमा उत्रे
आफै जल्ने हो कि ?
केटी ...
मनमा शान्ति 
हुँदैन रिसराग
भइदिए निर्धक्क ।
केटा ...
आत्तिदो मन
बाँचेको नैतिकता 
कसरी जोगाउने ?
केटी ...
गम्भीर हुँदै 
कर्ममा होमिएको 
चुलिएछ इज्जत !

Comments