काठमाडौँ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा ३७ किलोमिटर सडकको डिपिआर बोकेर शहरी विकास मन्त्रालय पुग्नुभएको छ । बाघखोरबाट गल्छी त्रिशूली केरुङ मार्ग जोड्ने ३७ किलोमिटर कोल्पुटार डबली दियाले बाघखोर सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय पुग्नुभएको हो ।
मन्त्री मेटमणी चौधरीसँग भेटेर मेयर लामाले सो सडक योजनामा समावेश गरी नगरपालिकाको केन्द्रलाई मुल सडकसम्म जोड्ने मार्ग निर्माणमा सहयोग गर्न माग गर्नुभएको छ ।
भेटमा मन्त्री चौधरीले डिपिआरअनुसारको सडक निर्माणको सो योजना कार्यान्वयन गर्नका बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Comments