चोका कविता
नौलो संसार
सपनाबाट बिम्झे
चर्को आवाज
चारैतिर पर्खाल
आँखा उघार्दा
सोचाइ अलमल्ल
तनाव लिदा
एकोहोरो मनमा
नैराश्यताले
उजाडिएको रुप
हासौ कसरी
परिवर्तित दिन
अतीत रोयो
कालो पोतेको दृश्य
थुप्रेको डर
खुम्चेर बस्दा बस्दै
मौन समय
टाउको उठाउँदा
लाज हुत्तेर
तगारो बनेपछि
बनेको स्तब्ध
समयले लघार्दा
दु:ख च्यापेर
पीडाको भारी बोक्दै
हिड्न खोजेको
अन्त्यहिन गन्तव्य
दोधारे हुँदा
भक्कानिदै रोएको
भड्केको मन
भुइँको छाया हेर्दा
आफैदेखि डराए ।

Comments