काठमाडौं।२७ औं तामाङ चलचित्र दिवस भब्यताका साथ बिहिवार सम्पन्न भएको छ।उक्त कार्यक्रमको बिच विभिन्न सास्कृतिक कार्यक्रमका साथ चलचित्रकर्मी र पत्रकारलाई सम्मान गरेका थिए।चाबहिलको चलचित्र बिकास बोर्डको हलमा भएको सोहि कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो।
पहिलो तामाङ चलचित्र सेमरी छोरङानका कलाकार तथा चर्चित्र गायक रोज मोक्तानलाई स्वर्गीय जयनन्दश्री अवार्डबाट सम्मान गरिएको थियो।चलचित्र क्षेत्रमा विभिन्न बिद्या अन्तर्गत योगदान दिने चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेका थिए। जसमा चार दर्जन कथा लेखक तथा नायक रितुराज पाख्रीन, निर्माता भगवती मोक्तान, गितकार कुमार स्याङबा, संगितकार जोकलाल लामा, गायिका जितु लोप्चान, नायक टुल्साङ मोक्तान, नायिका निशा तामाङ घ्लान, चरित्र अभिनेत्री माया मोक्तान, चरित्र अभिनेता राजकुमार तामाङ, निर्देशक अजय स्याङतान, नृत्य निर्देशक सुनिल मोक्तान, छायाङकार बिक्रम मोक्तान, शृङ्गार बिना तामाङ, द्वन्द निर्देशक राजु किरात, सम्पादक दिपक लामा र पत्रकार तर्फ जगतमान बललाई सम्मान गरेका थिए ।
कार्यक्रममा नायिका चाँदनी मोक्तान, नायिका लता योन्जन, नायक अमिर दोङ, नायिका रोशनी ब्लोन, नायिका रश्मि तामाङ, नायिका उर्मिला वाईवा, नायक सागर घिसिङ, नायक टुल्साङ मोक्तान, नायिका सुनिता दोङ लगायतका कलाकारहरुको दमदार प्रस्तुतीले रहेका थिए । को म्हेन्दो मिडिया हाउस बनेपा र डाइनमिक डान्स सेन्टरको प्रस्तुती पनि उस्तै दमदार रहेका थिए।
भाषा, धर्म, सस्कार र सस्कृतिको संरक्षण र सम्बर्द्धन साच्चिकै कलाकारहरुले मात्रै गर्न सक्ने तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले बताउनुभयो ।
Comments