Skip to main content

Posts

कालिकोटको पलाता गाउँपालिकाका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रोकाया विजयी

कालिकोटको पलाता गाउँपालिकाका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बिष्णु बहादुर रोकाया विजयी हुनु भएको छ।उहाले कुलमत ५५९६मा २२९२ ल्याएर नेपालि काङ्ग्रेसका केशर शिह बमलाई पराजित गरेका हुन्।नेपाली काङ्ग्रेसका उम्मेदवार बमले १४५६ मत प्राप्त गरेका थिए। यसैगरी उक्त पालिकामा जम्मा ९ वटा वडामा ६ वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितको अर्जुन क्षेत्रीले दियाले न्युजलाई बताउनु भएको हो ।

२८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं। मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेलेभन्दा कांग्रेसले १०६ बढी पालिकामा विजय प्राप्त गरेको छ । एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । आयोगका अनुसार मतगणना भइरहेको पालिकामध्ये हाल ४३ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

पुर्व नगर उप-प्रमुख ढुंगानाले लेखे उनको आफ्नो फेसबूकमा यति लामो Status

बेलकोटगढी।बेलकोटगढीबासी आदरणिय आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरूमा हार्दिक नमस्कार व्यक्त गर्दछु ।पाँच वर्ष अघि बैशाख ३० गते यहाँहरूकाे अमुल्य मत प्राप्त गरि नगरकाे  उप प्रमुख जस्ताे गरिमामय पदमा विजय हाँसिल गरेर जेठ ८ गतेका दिन सपथ खाएकाे थिए । संघियताकाे पहिलाे अभ्यास गर्ने र हरेक कुराकाे जग बसाल्नु पर्ने ऐतिहाँसिक र चुनाैतिपुर्ण जिम्मेवारी हाम्रै काँधमा थियाे ।याे पाँच बर्षमा देखिने र अनुभुति हुनेगरी विकासका रेखाहरू काेरिएका छन् ,आधारहरू तयार भएका छन् । https://m.facebook.com/story.php?story_fbid=pfbid0mC7LtnkCDEM3AH66XcJ3GDXREncod2rSHVCLKBpRZWCYhfU3LaMPFxUXheywb9yvl&id=100000879180173 यद्यपी हामीले देखेकाे बेलकोटगढी विकासकाे सपना यति मात्र थिएन। हामीले नगरबासीकाे विकासका थुप्रै सपना  पुरा गर्न बाँकि थियाे, पाँच बर्षकाे अबधि समग्र विकासका लागि पर्याप्त थिएन । त्याे माैका हामीलाई त मिलेन  यद्यपी हामीले देखेका सपनाहरू पनि पुरा गर्नेगरी नयाँ जनप्रतिनिधहरू लगभग  अाईसक्नु भएकाे छ हामिले हाम्राे कार्यकालमा निर्माण भएकाे नगर विकासकाे अावधिक याेजना सहितकाे खाका नयाँ ...

बेलकोटगढी-५ को वडाध्यक्षमा भुजेलसहित कांग्रेसको प्यानल नै विजयी

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । बिहीबार दिउँसो आएको अन्तिम परिणामअनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मदन भुजेलसहित उनको प्यानलले जित हासिल गरेको हो । उनले ९६७ मतसहित जित हासिल गरेका हुन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी एवम् पुर्व वडा अध्यक्ष नेकपा एमालेका उम्मेदवार अनन्त राम नेपालले ७८६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार बच्चुराम लामिछानेले २०८ मत प्राप्त गरेका हुन् । उनको प्यानलबाट महिला वडा सदस्यमा अनुराधा श्रेष्ठ  (९५०), दलित वडा महिला सदस्य निर्मला सार्की  (९३७) र वडा सदस्यहरुमा गोकर्ण नेपाल  (९२८) तथा बुद्धिमान श्रेष्ठ  (९१६)ले जित हासिल गरेका हुन् । यता नगरपालिकामा भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारहरु ले अग्रता कायम गरेका छन् ।

आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुल्ने

यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ । पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो । काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन । विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो । यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जनाकारी दिए । ‘सिस्टमको अझै केहि काम बाँकी नै छ, शुक्रबारसम्म सकेर आगामी आइतबारबाट आवेदन लिने भन्ने छलफल भएको छ’ पोखरेलले मेरो लगानीसँग भने । अब सेवाग्राहीले राजश्व अनलाइन मार्फत भुक्तानी गरेपछि मात्रै यातायात कार्यालय पुग्नु पर्ने गरी सिस्टम डिजाइन गरिएको छ । यसैगरी, आवेदकल...

नुवाकोटको बेलकोटगढी ४ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

जेठ,  नुवाकोट । नुवाकोटको बेलकोटगढी ४ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार कडा प्रतिस्पर्धाका साथ चन्द्रबहादुर लामा(जनम)ले २१ मतान्तरमा विजयी भएका छन्।लामाले वडा अध्यक्षमा विजयी हुँदा ६९२ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका भुबिन्द्र बहादुर बानियाँले ६७१ मत प्राप्त गरेका छन । वडा अध्यक्षमा लामाले ह्याट्रिक गरेका छन । उनी संघीयता कार्यान्यानमा आएपछि पहिलो पटक भएको चुनावमा पनि वडा अध्यक्षमा विजयी भएका थिए  । समकालीन नेताहरू मध्ये तुलनात्मक इमान्दार नेताको छवी लामाले बनाएका छन् । त्यस्तै वडा सदस्यहरूमा टंक प्रसाद सुवेदी ६६४, सन्त बहादुर तामाङ ६३२, बेलकुमारी गुरुङ  ६७३, अम्बिका परियार ६९३ मत ल्याएर विजयी भएका छन । उनीहरू सबै नेकपा माओवादी केद्रका उम्मेदवार हुन् । यस वडाबाट नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्ररमण खनालले ४९२ मत प्राप्त गरेका छन भने गठबन्धन उम्मेदवार जगत लामाले १००२९ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी रुपा सापकोटाले ३१० मत र गठबन्धनका उम्मेदवार शिव दाहालले ८२६ मत प्राप्त गरको छन...

राप्रपाले जितेका दुई पालिका प्रमुखसहित ५५ वडाध्यक्ष (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई पालिका प्रमुखसहित ५५ वडाध्यक्षमा जित हासिल गरेको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठकाअनुसार काठमाडौँको शंखरापुर नगरपालिकाको मेयरमा रमेश नापित विजयी भएका छन् भने झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देन विजयी भएका हुन् । उक्त पालिकाको उपाध्यक्षमा पनि राप्रपाकै मुखमा लक्ष्मी मैनाली विजयी भएकी छन् । अहिलेसम्म ५५ वडाध्यक्ष जितेको राप्रपा केही स्थानमा पालिका प्रमुख र धेरै स्थानमा वडाध्यक्ष पदमा अगाडि छ । हेर्नुहोस् वडाध्यक्षमा विजयीहरूको सूची १. नवलपरासीको सरावल गाउँपालिका- ३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानल सहित बिजयी । २. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर- १३ मा वडा अध्यक्ष निर्वाचित । ३. शंखरापुर-६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानल सहित वडा अध्यक्षमा निर्वाचित । ४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुङ्गाना विजयी । ५..भक्तपुरको चाँगुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी । ६. पाँचथरको फिदिम-१० को वडा अध्यक्षमा ...