नुवाकोट । स्कुटर यात्राबाट विश्वकिर्तिमान रच्न सफल रक्ष कुमार राई " अभियान" विश्वकिर्तिमानी मात्रै नभएर एक सहासी बहुप्रतिभाकाे धनी व्यक्ति हुनुहुन्छ । रक्षले अाफ्नै कथा र निर्देशनमा २ दर्जन भन्दा बढी लघु चलचित्र निर्माण गरिसकेका छन् । धेरै म्युजिक भिडियोमा माेडलिङ गर्न भ्याउनुका साथै समर लभ, झुम्की , दाेख , एक , साम जस्ता चलचित्रमा फाइटरका रुपमा उत्कृष्ट अभिनय गरिसक्नु भएको छ । यसैगरी उहाँले ब्रिटिस इङलिस ल्याङग्वइज पहिलो नेपालमा प्रकाशन गर्नुभएको थियोे । ब्रिटिस इङलिस ल्याङग्वइजका साथै इङलिस ग्रामर र एडभान्स इङलिस ग्रामर गरि तीन वटा व्यावसायिक पुस्तकहरु बजारमा ल्याउनुभएकाे छ । यसैगरी उहाँ नेपाल सितोरियो कराँतेका जाेसिलाे रेफ्रि तथा प्रशिक्षक हुनुहुन्छ । उहाँ अहिले कराँतेमा ब्ल्याक बेल्ट फाे डान ग्रेडमा रनिङ हुनुहुन्छ ।
वि.सं. २०५९ मा घर छाडेर १३ वर्षकाे सानै उमेरमा माअाेवादी लडाकु बनेर पछि जनयुद्धमा हाेमिनु भएको थियो । पहिलोपटक सिराहाकाे बन्दिपुरमा, दाेस्राे पटक भाेजपुरकाे पाँचधारे भिडन्तमा सामेल हुनुभएको थियो । तेस्रोपटक भाेजपुरकाे घाेडेटार अाक्रमणमा सामेल हुँदा उनलाई तत्कालीन शाही सेनाकाे गाेली लागेर मृत्युको मुखमा पुगेको बेला उहाँको निधन भयाे भनेर खाल्डाे खनेर पुर्न लाग्दा उहाँको साथीले मुटु काम्दा ढुकढुकी रहेकाे कारण युद्ध भुमीबाट बाेकेर ल्याएकाे कुरा उहाँले बताउनु भएको छ ।
उहाँ चाैथाेपटक सर्लाहीको अाक्रमणमा सहभागी रहनुभएकाे थियोे । त्यहाँ माअाेवादी सेनाले तत्कालीन शाही नेपाली सेनाकाे नाइट भिजन हेलिकप्टरमा अाक्रमण गरेको थियोे , उहाँ भन्नुहुन्छ "यही लडाइँमा मैले फायरिङकाे पाँच मिनेटमै विपक्षीकाे हतियार खाेस्न सुरु गरेँ मेरो जिन्दगी नाैलाे इतिहास हाे जाे एउटै लडाइँमा मैले १० थान हतियार खाेस्न सफल रहेँ अहिले सम्झिदा अानन्द लाग्छ " ।
उहाँको जन्म (छिनामखु -६ )ट्याम्के मयुं - २ भाेजपुरमा भएको थियो । जनयुद्धकाे समाप्ति , गणतन्त्र घाेषणा पश्चात् नेपाल सरकारले माअाेवादी सेनालाइ नेपाली सेनामा समावेश गर्ने क्रममा उहाँलाई नेपाली सेनामा जाने अवसर जुटेको थियोे । तर उहाँ जानुभएन र जिन्दगीको अनेकन कष्टकर यात्रायाहरुसँगै युद्ध र सेनाबाट पन्छिएर फरक कामकाे साथ पहिचान बनाउन कस्सिनुभएर उहाँले " द लङ्गेस्ट जर्नी अफ स्कुटी राइडर " शिर्षकमा विश्व किर्तिमानी प्राप्त गर्न सफल रहनुभयाे । २७ सय ४३.७ किलोमिटरकाे दुरी उहाँले तीन दिन तीन रात लगातार स्कुटर चलाउदै पार गर्नुभएको थियोे । काठमाडौ देखि साेलुखुम्बु, अाेखलढुङ्गा , खाेटाङ हुँदै पुर्वी मेची पश्चिम महाकाली एक राउन्ड लगाउनु भएको हाे । जुन यात्राले रक्ष कुमार राई "अभियान" उहाँलाई विश्व किर्तिमानी बनाउन सफल रह्याे ।
रक्ष कुमार राईका नजिककाे साथी पत्रकार , हाँस्यकलाकार, निर्देशक , साहित्यकार एवम् सितोरियो कराँते रेफ्रि तथा प्रशिक्षक करण तामाङ ग्लान सायर भन्नुहुन्छ " कार्य क्षेत्र र रुचिका हिसाबले नजिक छु रक्ष कुमार राई " अभियान" सँग उहाँलाई नजिकबाट चिन्छु संघर्षकाे एक उदाहरणीय व्यक्तिकाे रुपमा हामी अाैल्याउन सक्छाैँ उहाँलाई ।

Comments