डिल बहादुर लामा-बेलकोटगढी।सोच फेरौ र समाजलाई बदलौ भन्ने भनाइ युवाहरुको जोस र जागरुक अवस्थाले पक्कै सकारात्मक बाटोतिर लम्कन सक्छ भन्ने कुरामा दुईमत छैन।त्यस्तै एक सामाजिक नमुना कार्य गर्न सफल भएको छ बेलकोटगढीका युवाहरु। नजिकको तीर्थ हेला भने झै हिन्दु धर्मावलम्बीहरुले बिश्वास मानेर पुजा आज गर्दै आएको महादेव मन्दिरको भौतिक संरचनाका लागि नजिकैको सरकार स्थानीय निकायले कुनै सहयोग नगरेपछी त्यहाका युवा तथा समाजसेवी व्यक्तित्वहरुको संयुक्त कार्यमा मन्दिर जाने पैदल यात्राका लागि बाटो बनाउन सफल भएका छन्। युवा तथा समाजसेवी इन्द्र लामा,ज्ञानेद्र घिमिरे , नारायण नेपाल,कञ्चना युवा क्लब देउरालीद्वारा मन्दिर जाने बाटो निर्माण गरिएको छ।
लक डाउनको समयलाई सदुपयोग गर्दै दुप्चेश्वर महादेव थानको मन्दिर जाने बाटो निर्माण गरेको अर्का युवा तथा समाजसेवी ज्ञानेद्र घिमिरेले बताउनु भयो।उक्त महादेव थानको थपना मन्दिर बेलकोटगढी नगरपालिकाको वडा नम्बर -६ घ्याम्पेमा रहेको छ। उक्त कार्यमा सहभागी सबैजनालाई युवा तथा समाजसेवी इन्द्र लामाद्वारा मास्क समेत वितरण गरिएको उहाले बताउनु भयो।
स्थानीय सरकारद्वारा कुनै साथ सहयोग नभएको र अहिलेको हिन्दु धर्मावलम्बीले अत्यन्तै बिश्वास गरेको दुप्चेश्वर महादेव थानको मन्दिर निर्माणका लागि दाहालथोक,घिमिरेथोक,देउराली,अर्चले,गैराघर,बेतपानी लगायतका युवाहरूद्वारा कार्य सम्पन्न भएको कञ्चना युवा क्लब देउरालीका कोषाध्यक्ष प्रदिप नेपालले थप जानकारी दिनु भएको हो।

Comments